पलभन्दा नराम्रो सँग फसे सन्दिप : नगरकोट रिसोर्टमा प्रमाण नै प्रमाण भेटियो !

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एक बालिकालाई लिएर भदौ ५ गते बेलुका नगरकोटको एक रिसोर्टमा पुगेको पुष्टि भएको छ ।

लामिछाने सो दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २५ किलोमिटर र कमलबिनायकबाट ९ किलोमिटरको दुरीमा अवस्थित बोजिनी नगरकोट रिसोर्टमा पुगेको उक्त रिसोर्टको व्यवस्थापन हेर्ने उच्च तहका कर्मचारीले केटिएम दैनिकलाई बताए । उनले भने, “सन्दीप लामिछाने एक युवतीसँग भदौ ५ गते राति ८:३० बजेको समयमा यहाँ आउनुभएको हो ।”

‘उहाँहरू यहाँ आउँदा दुवै जना खुशी देखिनुहुन्थ्यो ।’ उनीहरूलाई सर्भ गरेका कर्मचारीको भनाई उद्धृत गर्दै उनले भने ।

त्यहाँ पुग्नु अगावै लामिछाने उक्त रिसोर्टको एक भिआइपी रुम बुक गरेको पीडित बालिकाको आफन्तले दाबी गरेका छन् । होटेल कर्मचारीका अनुसार लामिछाने र युवतीले एउटै प्लेटमा खाना खाएका थिए । उहाँहरू यहाँबाट अन्दाजी ११:०० निस्कनुभयो । लामिछानेले बिल फोनपे मार्फत तिर्नुभएको हो ।

बालिका निकट स्रोतका अनुसार रिसोर्टमा पुगेपछि लामिछानेले मादक पदार्थ अफर गरेका थिए । बालिकाले आफूले मादक पदार्थ सेवन नगर्ने र जसरी पनि काठमाडौँ जाने बताएपछि लामिछानेले बुक गरेको भिआइपी रुम त्यतिकै छाडेर फर्किन बाध्य भएका हुन् । स्रोतले केटिएम दैनिकसँग भन्यो, ‘बालिका रुममा नजाने भन्दै गाडीमै गएर बसेपछि लामिछाने काठमाडौँ फर्किन बाध्य भएका हुन् ।’

प्रहरीले लामिछाने त्यहाँ पुगेको दिनको सिसिटिभी फुटेज लिएको र सर्भ गर्ने होटेल कर्मचारीको बयानसमेत लिएको प्रहरी स्रोत बताउँछ ।