नेपाली सेना र प्रहरीमाथि काठमाडौँ महानगरको एक्सन, १० दिने म्याद दिँदै काटियो यस्तो पत्र !

काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरी लगायतका निकायमाथि एक्सन लिएको छ । महानगरले उनीहरुलाई १० दिनभित्र बहाल कर बुझाउन निर्देशन दिएको छ। बिहीबार पत्र पठाउँदै तोकिएको मितिमा कर तिर्न निर्देशन दिएको हो।

काठमाडौं महानगरपालिकाले नेपाली सेनाको मुख्यालय, प्रहरी प्रधान कार्यालय नक्सालका साथै समाज कल्याण परिषद लैनचौर, शंकरदेव क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती क्याम्पस र नेपाल कमर्स क्याम्पसलाई पनि बहाल कर तिर्न पत्राचार गरेको हो।

यस्तै, नेपाली सेना र नेपाल प्रहरीले आफ्ना क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको भन्दै कर तत्काल कर बुझाउन निर्देशन दिइएको हो।

महानगरपालिकाको राजस्व विभागका प्रमुख डा। शिवराज अधिकारीले पत्र लेखी पटकपटक ताकेता गर्दा पनि कर नतिरेको बताएका छन्।

महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कार’बाही गरी सरकारी बाँकीसरह अ’सुलउपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने पत्रमा उल्लेख गरिएको छ।

काठमाडौँ महानरपालिकाको मेयरमा बालेन्द्र शाह उर्फ बालेन आएपछि उनले काममा तिव्र गति लिन थालेका छन् ।

मनोरञ्जन कर बुझाउन क्या’सिनोहरुलाई पत्राचार

काठमाडौँ महानगरपालिकाले ७ वटा क्या’सिनोलाई पत्र पठाउँदै मनोरञ्जन कर तिर्न अनुरोध गरेको छ । राजस्व विभागले पठाएको पत्रमा विवरण र सोअनुसारको कर तिर्न ७ दिनको समय दिएको छ ।

विभागका प्रमुख डा. अधिकारीकाअनुसार बागमती प्रदेशको आर्थिक ऐनले क्या’सिनोमा प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन कर लिनुपर्ने व्यवस्था छ । महानगरले ताकेता गर्दा पनि क्या’सिनो सञ्चालकले अहिलेसम्म अटेर गर्दै आएका छन् ।

तोकिएको समयभित्र जरि’वानासहित कर नबुझाए काठमाडौँ महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम सरकारी बाँकी सरह अ’सुल उपर गरिने पत्रमा उल्लेख छ ।

आज पत्राचार गरिएका क्यासि’नोहरुमा होटल म्यारियटमा रहेको डेल्टीन क्यासिनो र अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेस वडा १ क्षेत्रमा छन् । वडा १ जस्तै वडा २६ मा पनि २ वटा क्यासिनो छन् ।

होटल एलफ्टमा रहेको बाल्को क्या’सिनो र होटल मल्लमा रहेको बेली क्या’सिनो, वडा नं. २ स्थित होटल ¥याडिसनमा रहेको क्या’सिनो ¥याट, वडा नं. ६ स्थित होटल हायातमा सञ्चालित प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रियसन र वडा १३ मा स्थित होटल सोल्टीमा रहेको माजोङ् इन्टरटेनमेन्टलाई पत्र पठाइएको छ ।