सिसिटिभीमा बिहान ६ बजे दुवै जना बाहिरिएको देखिएपनि इन्ट्री बुकमा किन भेटिएन नाम ?

नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथिको बला’त्कार आ’रोपबारे अनुस’न्धानकै क्रममा बुधबार प्रहरीले काठमाडौं इन होटलको ‘सिसिटिभी फुटेज’ संकलन गरेको छ।

प्रहरी स्रोतका अनुसार नाबा’लिगले दाबी गरेकै समयमा दुवै जना होट’लभित्र प्रवेश गरेको र बिहान ६ बजे बाहिरिएको देखिएको छ। तर होटलको अतिथि पुस्तिकामा भने उनीहरूको नाम नभेटिएको प्रहरी स्रोतले जनाएको छ।

उता होटल व्यवस्थापनले सन्दीप नियमित ‘ग्राहक भएकाले फोन सम्पर्ककै आधारमा कोठा दिएकाले नाम दर्ता छुटेको हुन सक्ने प्रहरीलाई बयान दिएको छ।

यसबाहेक हालसम्मको प्रहरी अनुसन्धानमा सन्दीपले ती कि’शोरीलाई पुरानो बानेश्वरबाट आफ्नै गाडीमा राखेर नगरकोट पुर्‍याएको र त्यहाँ आफू सधैँजसो जाने रिसोर्टमा राति ११ बजेसम्म बसेको देखिएको अनु’सन्धानमा संल’ग्न एक अधिकारीले जानकारी दिए।

त्यसपछि त्यहाँबाट सिनामंगल बास बसेर बिहान फेरि ६ बजे होटलबाट बाहिरिए सिधै होस्टलबाहिर किशो’रीलाई छाडेर सन्दीप फर्किएको देखिएको छ। आजको नागरिक दैनिकमा समाचार छ ।

किशोरीको घर नुवाकोट हो । उनी काठमाडौंको बागबजारको एक कलेजमा अध्ययनरत् छिन् । सन्दीप र ती किशोरीबीच एक महिनाअघि मात्र चिनजान भएको थियो । एक महिनाको कुराकानीपछि सन्दीपले ती कि’शोरीलाई भदौ ५ गते भेट्न बोलाएका थिए ।

भदौ ६ गते सन्दीपसहितको टोली क्रिकेट शृंखलाका लागि केन्या प्रस्थान गरेको थियो । त्यहाँ नेपालले पाँच खेलको ट्वान्टी–२० शृंखला खेलेको थियो । जसको नेतृत्व सन्दीपले गरेका थिए । केन्याबाटै सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज गएका हुन् ।

प्रहरी परिसर काठमाडौं र प्रहरी वृ’त्त गौशालाबाट संयुक्त रूपमा खटिएको टोलीले घटनाको अनुस’न्धान गरिरहेको छ । सन्दीप विश्व क्रिकेटका उदयमान ‘लेग स्पीनर’ हुन् । २२ वर्षीय सन्दीपले हालसम्म नेपालका लागि ३० अन्तर्राष्ट्रिय एकदिवसीय र ४४ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।-नागरिक पत्र