प्रधानमन्त्री देउवाको गाडीलाई लामाको कारले ओभरटेक गर्न खोजेपछि…

सूर्य लाइफ इन्स्योरेन्समा कार्यरत प्रदीपकुमार लामाको कारले प्रधानमन्त्री शेरबहादुर देउवा सवार गाडीलाई ओभरटेक गर्न खाजेको घटना बाहिर आएको छ । घटना मंगलबार बेलुकीको हो । उनले बा २६ छ १९१९ नम्बरको सुजुकी कार चलाएका थिए ।

प्रधानमन्त्री देवा पुतलीसडकमा एउटा कार्यक्रम भ्याएर बालुवाटारस्थित निवासतर्फ जाँदै थिए । सेना र प्रहरीका स्कर्टिङसहित बालुवाटार पुग्नै लाग्दा एउटा निजी कारले अस्वा’भाविक गतिविधि देखायो ।

इमर्जे’न्सी लाइटसमेत बालेर उक्त कारले सवारीलाई ओभरटेक गर्न खोजेपछि सुरक्षाकर्मीले चालकलाई निय’न्त्रणमा लिएर सोधपुछ गरेका थिए ।

इ’मर्जेन्सी लाइट बाल्नुको कारणबारे सोध्दा उनले जवाफ दिए, ‘प्रधानमन्त्रीको पछि हिँडेका गाडीहरुले पनि बालेका थिए, त्यसैले अगाडि जान पाइएला भनेर बालेको हुँ ।’

प्रधानमन्त्रीको सवारी प्रभावित तुल्याउन खोज्ने निजी गाडीका चालकमाथि कुनै एक्सन भने लिइएन । फिल्डमा रहेका सुरक्षाकर्मीले ‘माथि’ सम्पर्क गरेर कुराकानी गरेपछि उनको लाइसेन्स नम्बर टिपेर यत्तिकै छोडिएको थियो ।

जाँदाजाँदै ती चालकले भने, ‘यदि म प्रधानमन्त्री भएको भए आफ्नो सवारीमा यस्तो लावालस्कर हटाउने पहिलो निर्णय गर्ने थिएँ ।’

यो पनि पढ्नुहोस्ः

‘सबै निरक्षर नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्व’

प्रधानमन्त्री शेरबहादुर देउवाले सबै निरक्षर नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्व भएको बताएका छन् ।

५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा सम्पूर्ण नेपाली विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मीलगायत सबैमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले अन्तर्राष्ट्रियता गरेको शिक्षासम्बन्धी लक्ष्यलाई हासिल गर्न साक्षर नेपाल अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवाले सरकार निजी क्षेत्र, सामाजिक सङ्घ संस्थाको विभिन्न प्रयासको बाबजुद अझै एक तिहाइ जनता निरक्षर अवस्थामा रहनुले हामीले आगामी दिनमा साक्षरता अभियानलाई अझै प्रभावकारीरूपमा निरन्तर अघि बढाउनुपर्ने खाँचो रहेको औँल्याएका छन् ।

उनले सन्देशमा भनेका छन् –शिक्षा गुणस्तरीय जीवनको आधारशिला हो । शिक्षाको बहु आयामिक महत्त्वलाई आत्मसात् गर्दै हाम्रो संविधानले शिक्षालाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ ।

मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक, प्रशासनिक र भौतिक पूर्वाधारको विकासको आधारशिलाको रूपमा लिइने शिक्षालाई विश्वभर मानव जीवनका लागि आवश्यक ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने महत्त्वपूर्ण माध्यमको रूपमा स्वीकार गरिएको छ ।

‘सरकारले शिक्षाको गुणस्तरमा सुधार गर्दै आधारभूत तहदेखि उच्च शिक्षासम्म सबै नागरिकको सहज पहुँच सुनिश्चित गर्न विभिन्न कार्यक्रम कार्यान्वयन गरिरहेको छ ‘, उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

शिक्षालाई आम जनताको पहुँचमा पुर्‍याउन सामुदायिक शिक्षा प्रणालीलाई प्रभावकारी तवरले अघि बढाउनुपर्ने उल्लेख गर्दै उनले गुणस्तरीय, जीवनोपयोगी, व्यावसायिक र प्राविधिक शिक्षाको प्रवर्द्धन गर्दै देशको समग्र विकासका लागि आवश्यक जनशक्ति मुलुकभित्रै उत्पादन गर्न जोड दिनुपर्ने स्थिति रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवाले शिक्षाको माध्यमबाट नवप्रवर्तन र स्वरोजगारीलाई प्रवर्द्धन गर्दै शैक्षिक बेरोजगारीको सङ्ख्या कम गर्ने तथा शिक्षालाई राष्ट्र, समाज र व्यक्तिको चौतर्फी विकासका लागि उपयोगी र सहयोगी हुने किसिमले अगाडि बढ्न आवश्यक रहेको बताएका छन् ।

कोभिड–१९ को महा’मा’रीले वैकल्पिक व्यवस्थापन गरी सिकाइलाई निरन्तरता दिनुपर्ने कुरा सिकाएको सन्दर्भमा विभिन्न वैकल्पिक माध्यमबाट दिगो विकासअन्तर्गतका शैक्षिक लक्ष्य हासिल गर्न सबैले थप प्रयास गर्नुपर्ने देखिएको उनको भनाई छ ।

प्रधानमन्त्री देउवाले ५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसलाई सफल पार्न आ–आफ्नो क्षेत्रबाट सबैको आवश्यक सहयोग रहने विश्वासका साथ दिवसको पूर्ण सफलताको कामना गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष सेप्टेम्बर ८ लाई अन्तर्राष्ट्रिय साक्षरता दिवसका रूपमा मनाइँदै आइएको छ । यस वर्ष यो दिवस साक्षरता सिकाइको क्षेत्रमा रूपान्तरण भन्ने नाराका साथ मनाउन लागिएको छ ।