आफ्नै छोरी रेणुको कारण प्रचण्डलाइ कडा झड्का, राजनीतिको अन्त्य !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आसन्न प्रतिनिधीसभाको चुनावमा चितवनबाट उठ्ने तयारीमा छन् । चुनावमा गठबन्धन भएका कारणले चुनाव जित्ने सम्भवना बढी भएपनि पछिल्लो समय चितवनबाट सार्वजनिक भइरहेका खबरका कारण प्रचण्डलाई तनाव हुने देखिएको हो ।

परिवारवादमा लिप्त रहेको आरोप खेप्दै आएका प्रचण्डले सिमित विचौलियाहरुको प्रभावमा परेर विकास, निर्माणका ठूला आयोजना अलपत्र पारेका खबर छन् । यो गर्नुमा भरतपुर महानगरपालिकाकी प्रमुख तथा आफ्नै छोरी रेणु दाहालले समेत मेनरोल खेलेकी छन् । ठूला आयोजनामा गरिएको गम्भीर लापरवाही र मनपरी गर्ने रेणु दाहालकै कारण प्रचण्डलाई आउने चुनाव महङ्गो पर्ने चर्चा हुन थालेको छ ।

पटक–पटक म्याद थप्दा पनि काम नसकेका भरतपुर महानगरपालिका भित्रका आयोजनाहरूको म्याद फेरि थप्ने तयारी गरेको छ। शुक्रबार महानगरपालिकाको सभाहलमा निर्माण व्यवसायीहरूसँग भएको छलफलले ६ वर्षदेखि अलपत्र भएका आयोजनाहरूलाई अन्तिम पटक समय सीमा थप्ने सहमति गरेको हो।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले खरिद ऐन सम्झौता अनुसार पटक(पटक म्याद थप भएका आयोजनासँग स्पष्टीकरण माग गर्न र चित्त बुझ्दो जवाफ नआए कानुनी प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।

महानगरपालिकाले कुनै पनि स्वार्थ र गलत उद्देश्य नराखेकाले राजनीतिक आस्था, नाता सम्बन्ध र निकटताको आधारमा कोहीलाई पनि छुट नहुने मेयर दाहालको बताइन्।

‘दुई वर्षमा सम्पन्न गर्नुपर्ने काम ६ वर्ष पूरा हुँदा पनि सम्पन्न भएको छैन,’ निर्माण व्यवसायीलाई उनले भनिन्, ‘६ वर्षसम्म निर्माण सामग्री अभाव भएन होला। बहाना कहिलेसम्म बुन्नुहुन्छ ?’

महानगरपालिकाले निर्माण व्यवसायीलाई सहजीकरण गर्दै आएको भएता पनि तथ्यहीन बाहाना बनाएर काम रोक्ने परिपाटी विकास भएको जिकिर गरिन्। यस्तै उपप्रमुख चित्रसेन अधिकारीले बहाना बनाएर विकास निर्माणका काम रोक्न नमिल्ने बताए। निर्माण व्यवसायीहरूको औजार उपकरणहरू अनुगमन तथा निरीक्षण गरी लाइसेन्सको नविकरण गर्नुपर्ने बताए।

महानगरका वडाअध्यक्षहरूले समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राखेर ठेक्का रद्द गर्नुपर्ने बताएका थिए। उनीहरूले निर्माण व्यवसायीले यसअघि गरेको प्रतिबद्धता अनुसार एक प्रतिशत पनि काम नबढाएको भन्दै जिम्मेवार बन्न आग्रह समेत गरे।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले निर्माण व्यवसायीसँग जुनकुनै समय र विषयमा सहजीकरण गर्न प्रशासन तयार रहेको बताए। भरतपुर महानगरपालिकामा २०७६ सालमै सम्पन्न हुनुपर्ने आयोजनाहरू अझै अलपत्र छन्।

वडा स्तर, महानगर, प्रदेश, संघ तथा राष्ट्रिय गौरवका आयोजनाहरू लामो सयमदेखि निर्माण व्यवसायीको ढिलासुस्तीले निर्माण सम्पन्न हुन सकेको छैन। तै पनि महानगरपालिकाले निर्माण व्यवसायीको आग्रहमा म्याद थप गर्ने र सहजीकरण गर्ने काम गर्दै आएको छ।

महानगरभित्र सञ्चालित देवघाट विद्युतीय शवदाह गृह, रिङरोड, लिंकरोड, प्रचण्ड मार्ग लगायतका योजनाहरू पटक-पटक म्याद थप गर्दा पनि सम्पन्न भएका छैनन्।