पर्यटन मन्त्रीलाई सबक सिकाउने सेक्युरिटी गार्डको चम्कियो भाग्य, ३ दिनमै बढुवा !

सम्बत २०२५ सालमा पश्चिम नेपालकाे बैतडी बझाङतिर बाढी पहीराेले थुप्रै धन, जन,पशु चाैपायाकाे क्षति भएछ । राजा महेन्द्र बाढीपहिराे राहत-उद्धारका काम निरीक्षण गर्न बैतडी पुगे ।

सेनाकाे ब्यारेकभित्र बास बसेका राजा एक बिहान चार बजे नै मर्निङ् वाकका लागि पिएसओबिना ब्यारेक बाहिर निस्किए ।

राजा एक डेढ घण्टापछि मर्निङ् वाकबाट फर्किएर ब्यारेकमा पस्न खाेज्दा गेटमा बसेकाे सेक्यूरिटी गार्डले ‘पासवर्ड’ माग्याे । राजाले जानी जानी ‘पासवर्ड’ थाहा छैन भनेर आफू ‘राजा महेन्द्र’ भएकाे परिचय दिएर ब्यारेकभित्र जान दिन अनुराेध गरे । गार्डले ‘म राजा महेन्द्र सहेन्द्र चिन्दिन, बिना पासवर्ड भित्र जाने अनुमति छैन’ भन्याे ।

गेटमा भैरहेकाे याे गलफत्ति एकजना सुबेदारले देखेछन् । सुबेदारले राजालाई चिनी हाले । ‘लाै बर्बाद भयाे, सिपाहीले राजालाई राेक्याे’ भन्ने बुझेर सुबेदार कुदेर गेटमा पुगे । राजालाई सलाम गरेर आफुले मेजरबाट प्रबेश अनुमति ल्याउने ब्यहाेरा जाहेर गरे ।

मेजरसंग गएर उनले गेटमा भएकाे बिवरण जाहेर गर्नासाथ मेजरकाे साताे गएर हस्याङ् फस्याङ् गर्दै गेटमा पुगेछन् । मेजरकाे आदेश पछि गार्डले बल्ल राजालाई भित्र जान दिएछ ।

राजा ब्यारेकबाहिर निस्कँदा बसेकाे गार्ड बदली भएर गुरुङ्ग थरकाे सिपाही गार्ड बसेकाे रहेछ । आठ बजेतिर राजाले चिया नास्ता खाईसके पछि मेजरसहित बिहान गेटमा बस्ने गार्डलाई बाेलाउन पठाए । मेजरकाे फेरि साताे गएर अब चाहिँ आफ्नै जागीर नरहने पक्का ठानेछन् ।

राजाकाे अगाडि गाेडा कमाउँदै खडा भएमा मेजर र त्याे गार्डकाे हालत चिन्ताजनक देखेर राजा मुसुक्क गर्दै गार्डकाे नाम थर घर साेधे रे । मेजरलाई आदेश दिंदै राजाले भनेछन् कि ‘सैनिक कानून अनुसार तिम्राे अधिकार भए तिमीले दिनु, नभए माथिल्लाे निकायबाट याे सिपाहीकाे बढुवा पत्र आजै मगाउनु ।’

मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका सुरक्षा गार्ड शेरजंग गुरुङलाई नियन्त्रणमुक्त गरिदिन पर्यटनमन्त्री जीवनराम श्रेष्ठले आग्रह गरेका छन् ।

प्रहरीले नियन्त्रणमा लिएका गुरुङलाई नियन्त्रणमुक्त गर्न गृह मन्त्रालयलाई आग्रह गरेको मन्त्री श्रेष्ठको निजी सचिवालयले जानकारी दिएको छ ।

उनको सचिवालका अनुसार श्रेष्ठका अनुसार गुरुङले मन्त्रीलाई अभद्र व्यवहार गरेको गल्ती महसुस गरेकाले उनलाई नियन्त्रणमुक्त गर्न भनिएको पनि उल्लेख छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री श्रेष्ठ क्यानडामा हुने कार्यक्रममा जानको लागि बायोमेट्रिक दिन शुक्रवार ठमेलको छाँया सेन्टरको भिएफएसको कार्यालयमा गएका थिए ।

उक्त कार्यालयमा मन्त्रीले पालो मिचेर अगाडि जाँदा सुरक्षा गार्ड गुरुङले लाइनमा बस्न भनेका थिए । गार्डले आफ्नो ड्यूटी पूरा गरेको भए पनि मन्त्री श्रेष्ठले भने पूर्वजानकारी बिना नै गएर सुरक्षा गार्डसँग विवाद गरेको बताइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई अभद्र व्यवहार गरेको आरोपमा ठमेलको छाया सेन्टरका सुरक्षा गार्ड शेरजंग गुरुङ पक्राउ परेका छन् ।

छाया सेन्टरमा रहेको भिसा सेन्टरमा एक कामले पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षा गार्डले भित्र छिर्न नदिएको र मन्त्रीका सुरक्षा गार्ड तथा सहयोगीले ‘उहाँ मन्त्री हो’ भनेर चिनाउँदासमेत दुर्व्यवहार गरेकाले पक्राउ गरिएको प्रहरी वृत्त दरबारमार्गका प्रहरी नायब उपरीक्षक कोपिला चुडालले उज्यालोलाई जानकारी दिनुभयो ।

‘सहयोगीले उहाँ मन्त्री हो, प्रक्रिया पुर्‍याएर आएका छौँ, भित्र जान दिनुहोस् भन्दा पनि सुरक्षा गार्डले मुख छाड्ने तथा अभद्र व्यवहार गरेका रहेछन्’, डीएसपी चुडालले भन्नुभयो ।

मन्त्रीलाई दुर्व्यवहार भएपछि उहाँको तर्फबाट प्रहरीमा उजुरी परेको र पक्राउ गरेर वृत्तमा ल्याइएको उहाँले बताउनुभयो । पक्राउ परेका गुरुङलाई अभद्र व्यवहारको मुद्दामा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिएर अनुसन्धान गरिने चुडालले जानकारी दिनुभयो ।

‘मन्त्री के कति कामले छाया सेन्टर जानुभएको भन्ने खुलेको छैन, त्यहाँ विभिन्न देशमा जानका लागि भिसा सेन्टरसमेत रहेकाले भिसाको कामले गएको हुन सक्छ’, डीएसपी कोपिला चुडालले भन्नुभयो ।