सन्दिपले तोडे आफ्नो मौनता, बोले आफू माथी लागेको आरोपमा !

काठमाडौैं । ब’ला’त्का’रको आरोप लागेका नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन् । क्यारेवियन प्रिमियर लिग खेल्न हाल वेस्ट इन्डिजमा रहेका सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) सँगको कुराकानीमा ब’ला’त्का’रको आरोप अस्वीकार गरेका हुन् ।

कार्यवाहक महासचिव प्रशान्तविक्रम मल्लले सन्दिपसँग आफूहरु सम्पर्कमा रहेको बताए । सन्दिपले लिग सकेर नेपाल फर्किने जानकारी दिँदै अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएको उनको भनाइ छ ।

‘हामीले कहिले फर्किने भनेर सोधेका थियौं । उसले म्याच भ्याएर फर्किहाल्छु भनेको छ,’ मल्लले भने ।सन्दीपले आफ्नो कानूनी प्रक्रियामा क्यानले सहजीकरण गरिदिने आशा पनि व्यक्त गरेका छन् । उनले राम्रो वकिल खोजेर सहयोग गरिदिन आग्रह गरेको मल्लले जानकारी दिए ।

यसैबीच, क्यानले सन्दिपमाथि तत्काल कुनै एक्सन नलिने भएको छ । हिजो क्यानका पदाधिकारीहरुबीच भएको अनौपचारिक कुराकानीमा अहिले पर्ख र हेरको रणनीति लिने समझदारी भएको हो ।

मल्लले भने, ‘अहिलेसम्म सन्दिप एक आरोपी मात्र हुन् । जाहेरीकै आधारमा मात्र हामीले कारवाही गर्न हतार नगरौं भन्ने सल्लाह भएको छ । भोलि प्रहरीले अदालतमा मुद्दा दायर गरिसकेपछि हामी आफ्नो निर्णय लिनेछौं ।’http://https://youtu.be/RYgScAo_znA