छोरालाई फसाउन षड्यन्त्र गरिएको पनि हुनसक्छ : सन्दीपका बुवा

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान सन्दीप लामिछाने अहिले चर्चा र विवादमा तानिएका छन् । उनलाई एक नाबालिगले जबर्जस्ती क रणी गरेको भन्दै जाहेरी दिएपछि राष्ट्रिय र अन्तराष्ट्रिय मिडियामा उनीबारे विभिन्न खाले समाचार आइरहेका छन् ।

१७ वर्षीया किशोरीले मंगलबार गौशाला प्रहरीमा जाहेरी दिएपछि सन्दीपको परिवार पनि यतिबेला तनावमा छन्। उनका बुवाआमा छाँगाबाट ल्हासेजस्तो महसुस गरेको बताएका छन् ।

बुवाआमा नियमित समयमा सुतिसकेका थिए । बिहानको समाचारमा छोराको यस्तो खबर आएपछि उनीहरू तनावमा परेका थिए । बिहानमात्रै उनीहरुले छोराको खबर थाहा पाएको बताएका छन् ।

एक अनलाइनसँग कुरा गर्दै सन्दीपका बुवा चन्द्रनारायण टेलिभिजनमा समाचार हेरेर छोराको खबर थाहा पाउँदा छाँगाबाट खसेजस्तै भएको बताएका छन् ।

सन्दीपका बुवाले उनको चालचलन निकै राम्रो भएकाले यो खबर पत्याउन गाह्रो भएको बताएका छन् । हाल चितवनमा बस्दै आएका उनका बुवा सन्दीपले छोराको हिसाबले सबै जिम्मेवारी पुरा गरिरहेको बताएका छन् ।

संदीपका बुवाका अनुसार बाहिर आएको घटनामा उनीहरूले पत्याउन सकेका छैनन् । बुवाआमाले यो षड्यन्त्र मात्रै भएको समेत आशंका गरेका छन् । छोरालाई फसाउन षड्यन्त्र गरिएको हो कि भन्ने उनको आशंका छ ।

बन्द प्रशिक्षणमा भएको वेला यो घटना भएको भनिएकाले पत्याउन नसकेको उनले बताएका छन्।