भदौ ५ गते लामिछाने बसेको होटलको कोठा नम्बर ३०५ मा भेटियो बलियो प्रमाण !

क्रिकेटर सन्दीप लामिछाने सिनामंगलको होटल इनमा छिरेको भेटिएको छ । प्रहरीले प्रमाण संकलनका क्रममा होटल इनको सिसिक्यामेरा फुटेजको जाँच गरेको स्रोतले बतायो ।

उक्त दिन लामिछाने र पी’डित बालिका होटलभित्र छिरेको फुटेजमा देखिएको प्रहरीले बताएको छ । पीडित बालिकाले त्यहाँ लगेर लामिछानेले पटक पटक बला’त्कार गरेको आ’रोप लगाएकी छन्। प्रहरीले उक्त फुटेजको अनु’सन्धान समेत थालेको छ।

पीडितसँग लामिछाने गत भदौ ५ गते भक्तपुर घुम्न गएका थिए। सोही रात आफूमाथि लामिछानेले ब’लात्का’र गरेको जा’हेरीमा किशोरीले उल्लेख गरेकी छन्।

सन्दीप र ती किशोरी गत भदौ १ गते पनि नगरकोट घुम्न गएको खुलेको छ। नगरकोटको होटलमा पनि ब’ला’त्कार भएको भनिएपछि त्यहाँको सिसिक्यामेरा फुटेज संकलन गर्न प्रहरी पठाइएको प्रहरी स्रोतले बताएको छ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन सन्दीप लामिछानेवि’रुद्ध दर्ता भएको बलात्कारको जाहेरीबारे प्रहरीले विज्ञप्ति सार्वजनिक गर्दै जानकारी दिएको छ।

विज्ञप्तिमा काठमाडौं र भक्तपुरको विभिन्न स्थानमा लगेर काठमाडौं ल्याई सिनामंगलको होटल काठमाडौं इनको कोठा नम्बर ३०५ मा भदौ ५ गते बेलुका ११ः५५ र १२ः२५ बजे ब’लात्का’र गरेको जाहेरी परेको उल्लेख छ।

विज्ञप्तिमा जा’हेरी दरखास्त दर्ता गरी पी’डितलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा लगी विस्तृत स्वा’स्थ्य परीक्षण गराइएको उल्लेख छ।

विज्ञप्ति अनुसार अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीद्वारा घटनामा सुक्ष्मरुपमा थप अनु’सन्धान भइरहेको उल्लेख छ।