सन्दीप, किशोरीसँगै होटल पसेका थिए, सिसि क्यामेरामा के छ ?

काठमाडौं । प्रहरीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने बसेका दुइ होटलको सिसि क्यामेरा फुटेज संकलन गर्न थालेको छ । कप्तान सन्दीप लामिछानेमाथि १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप लागेको हो ।

गत भदौ ५ गते लामिछानेले सिनामंगलस्थित एक होटलमा लगेर आफूलाई पटक पटक बलात्कार गरेको आरोप ती किशोरीले लगाइन् । सोही घटनामाथि प्रहरीमा मंगलबार उजुरी परेको थियो ।

जाहेरी दर्ता गरी किशोरीको स्वास्थ्य परीक्षण तथा घटनाबारे थप अनुसन्धान गर्ने काम हुँदैछ । जाहेरी अनुसार लामिछाने ती किशोरीसँग गत भदौ ५ गते भक्तपुर घुम्न गएका थिए ।

सोही रात लामिछानेले बलात्कार गरेको किशोरीको भनाई रहेको छ । सन्दीप र ती किशोरी गत भदौ १ गते पनि नगरकोट घुम्न गएको खुलेको छ ।

एक प्रहरी अधिकृतका अनुसार सिनामंगलस्थित होटलमा सन्दीप र ती किशोरी गएको सिसि क्यामेरा फुटेजमा देखिएको छ ।

नगरकोटमा पनि सन्दीप र ती बालिका गएको होटलको सिसिक्यामेरा फुटेज संकलन गर्न प्रहरी पुगेको छ ।