क्यानको आकस्मिक बैठक बस्दै, सन्दीपलाई निलम्बनकाे तयारी !

नेपाल क्रिकेट संघ (क्यान) को आकस्मिक बैठक आज बस्दैछ । राष्ट्रिय क्रिकेट टाेलीका कप्तान सन्दीप लामिछानेविरुद्ध मंगलबार साँझ प्रहरी वृत्त गौशालामा बलात्कार गरेको उजुरी परेको थियो ।

सन्दीपकै विषयलाई लिएर क्यान बैठक बस्न लागेको हो । अध्यक्ष चतुरबहादुर चन्द आजै धनगढीबाट काठमाडौं आउँदैछन् । अध्यक्ष चन्दका अनुसार क्यानको बैठक साँझ बस्नेछ ।

उनले भने, ‘सन्दीपको विषयमा मात्रै होइन, अरु एजेन्डाका कारण पनि बैठक बस्न लागेको हो । सन्दीपको कुरामा हामी नियमअनुसार नै कदम चाल्छौँ । सन्दीपविरुद्ध आरोप लागेको हो । प्रमाणित भएको होइन । हामी अनुसन्धान गर्न सघाउँछौँ ।’

बैठकले कप्तान सन्दीपलाई दिएको जिम्मेवारीबाट हटाउन सक्नेछ । भदौ ५ गते पिंगलास्थानको काठमाडौं होटल इनमा राखेर बलात्कार गरेको बयान दिएकी थिइन् ।

६ गते केन्या भ्रमण गरेको नेपालले घरेलु टिमसँग पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलेको थियो । सन्दीपको कप्तानीमा खेलेको नेपालले सिरिज ३–२ ले जितेको थियो । केन्याविरुद्धको एकदिवसीय अभ्यास सिरिजअगाडि नै उनी क्यारेवियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज उडेका थिए ।