पत्नीसहित कार्यालय खुल्नुअघि नै किन ठमेलमा रहेको भिएफएस गएका थिए पर्यटनमन्त्री श्रेष्ठ ?

शुक्रबार बिहान ९ः०८ बजे ठमेलस्थित छाया सेन्टरअगाडि झन्डावालसहित दुईवटा गाडी रोकिए । पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, उनकी पत्नी, अंगरक्षक र उनीहरूसँगै गएका नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का केही कर्मचारी गाडीबाट ओर्लिए ।

‘एलिभेटर’ चढेर उनीहरू तेस्रो तलास्थित ‘भिएफएस ग्लोबल’को कार्यालय पुगे । र, सरासर भित्र छिर्न अघि बढे ।

भिएफएसको सुरक्षामा खटिएका थिए, गरुड सेक्युरिटिज गार्डका सुपरभाइजर ५१ वर्षीय शेरजंग गुरुङ । दलबलसहितको टोली नै कार्यालयभित्र छिर्न लागेपछि उनले रोके ।

कार्यालय प्रवेशका लागि अन्य चार सेवाग्राही लाइनमा थिए । गुरुङले मन्त्रीसहितको टोलीलाई पनि ‘लाइनमा बसिदिन’ आग्रह गरे । मन्त्री श्रेष्ठका अंगरक्षक गुरुङनजिकै गएर भने, ‘उहाँ मन्त्रीज्यू हो, भित्र जानबाट रोक्ने ?’

क्यानडा, जापान, अस्ट्रेलिया, युकेलगायत २५ मुलुकका नेपालस्थित दूतावासले भ्रमणका लागि भिसा आवेदन गर्नेहरूको ‘बायोमेट्रिक परीक्षण’ गर्ने जिम्मा ‘भिएफएस’ कम्पनीलाई दिएको छ, जसको कार्यालय छाया सेन्टरमा छ ।

मन्त्री श्रेष्ठसहितको टोली अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)को सभामा सहभागी हुन क्यानडाको भिसा प्रोसेसअन्तर्गत ‘बायोमेट्रिक’ परीक्षणका लागि भिएफएस पुगेको थियो । हरेक तीन–तीन वर्षमा हुने सभा यसपटक २७ सेप्टेम्बरदेखि ७ अक्टोबरसम्म क्यानडास्थित आइकाओको मुख्यालयमा हुँदै छ ।

सुरक्षागार्ड गुरुङले मन्त्री श्रेष्ठलाई पनि अरू सेवाग्राहीझैँ व्यवहार गरेर लाइनमा बस्न आग्रह गरेका थिए । त्यसैले मन्त्रीका अंगरक्षकलाई भने, ‘तपाईंहरू कार्यालय खुल्नुअघि नै आउनुभयो ।

उहाँ (अरू लाइनमा रहेका)हरू पनि लाइनमा बस्नुभएको छ । अहिले तपाईंहरू पनि लाइनमा बस्नुहोस् ।’ गुरुङको जवाफ अंगरक्षकले मन्त्रीलाई जस्ताको तस्तै सुनाए । मन्त्रीले निको मानेनन् । तर, उनीसँग विकल्प थिएन, अप्ठ्यारो मान्दै लाइनमा बसे ।

‘भिएफएस’ले ‘बायोमेट्रिक’ लिनुअघि प्रत्येक आवेदकको ‘होल बडी स्क्यानिङ’ गर्छ । जसका लागि प्रवेशद्वारमै व्यवस्था छ । ‘स्क्यानिङ’ गर्ने जिम्मा भने सुरक्षागार्डकै हो ।

‘बायोमेट्रिक’ लिनुअघि प्रत्येक आवेदकलाई मेसिनअघि खडा गराएर ‘होलबडी स्क्यानिङ’ गरिन्छ । हा’तहति’यारलगायत शं’कास्पद वस्तु देखिए सोही ठाउँमा रोक्छन्, जुन सेक्युरिटी गार्डको जिम्मेवारी हो ।

केहीबेरपछि मन्त्री श्रेष्ठ अंग’रक्षकसहित ‘बायोमेट्रिक’ परीक्षणका लागि क्यानडाको ‘भिसा एप्लिकेसन सेन्टर’तर्फ अघि बढे । ‘बडी स्क्यानिङ’ नै नगरी टोली कार्यालय छिर्न खोजेपछि सेक्युरिटी गार्ड गुरुङले पुनः रोके ।

र, सबैलाई ‘स्क्यानिङ’ गर्न आग्रह गरे । यसबाट मन्त्री श्रेष्ठ थप चिढिए । यद्यपि, कुनै प्रतिक्रिया नजनाई ‘स्क्यानिङ मेसिन’अगाडि उभिए । त्यसपछि उनका अंगरक्षकको ‘बडी स्क्यानिङ’ गरियो । उनीसँग हति’यार थियो ।

गुरुङले हति’या रसहितको व्यक्ति भित्र छिर्न नपाउने भएकाले बाहिरै बस्न अनुरोध गरे । अब भने मन्त्री श्रेष्ठ र उनका अंग’रक्षकको आ’क्रोश वि’स्फो’ट भयो । उनीहरू गुरुङमाथि खनि’ए । मन्त्रीसँगै गएका अरूले पनि घेरे । असहज भएपछि मन्त्री श्रेष्ठलाई उनकी पत्नीले रोकिन् । केहीबेरको नो’कझो’कपछि मन्त्री श्रेष्ठ ‘बायोमेट्रिक’ परीक्षण गरेर त्यहाँबाट फर्किए ।

तर, मन्त्री श्रेष्ठको शक्ति–उन्मा’द त तब सुरु भयो, जब उनी मन्त्रालय पुगे । स्रोतका अनुसार उनले सेक्युरिटी गार्ड गुरुङविरु’द्ध का’र’बाही गर्न मन्त्रालयबाटै गृहलाई पत्र लेख्न लगाए, अं’गरक्षकलाई जा’हेरी दिन प्रहरी वृत्त दरबारमार्ग पठाए ।

गृहले गुरुङलाई प’क्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई तत्कालै निर्देशन दिइसकेको स्रोतको भनाइ छ । अभ’द्र व्यवहारअन्तर्गत उनीवि’रुद्ध प्रहरीमा जा’हेरी दर्ता भयो । र, लगत्तै प’क्राउ गरियो ।

शुक्रबार करिब ११ बजे पक्रा’उ परेका गुरुङविरु’द्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले अ’भद्र व्य’वहार मु’द्दाअन्तर्गत पाँच दिनको म्या’द थप गरेको छ । उनलाई अहिले दरबारमार्ग प्रहरीको हि’रासतमा राखिएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।