देश दुनियाबाट ध्यान खिचेको सडकमा मकै पोल्ने दम्पती बारे बल्ल बोले बालेन !

काठमाडौँ । स्वतन्त्रबाट काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित बनेको मेयर बालेन्द्र साह (बालेन) ले आफ्नो ५ बर्षे कार्यकालको सय दिन पुरा गरेका छन् । आफ्नो नेतृत्वमा भएका उपलब्धिका विषयमा मेयर बालेनले जानकारी गराएका छन् । उनले आफ्ना कमजोरीहरुलाई पनि खेलेरै स्विकार गरेका छन् ।

मेयर बालेनले गरिएका र गर्न नसकिएका कामहरुका बारेमा पनि जानकारी दिएका छन् । काठमाडौँको बालुवाटारमा ठेलागाढामा मकै पोलेर जीवीकोपार्जन गर्ने दम्पत्ती माथी भएको व्यवहारदेखी यमबुद्धको सालिक बनाउन महानगरले छुट्टाएको बजेटसम्मका बारेमा स्पष्टिकरण दिएका छन् ।

मकै पोल्ने दम्पत्ती माथी महानगरपालिकाबाट भएको व्यवहारका बारेमा पहिलो नम्बरमा नै लेखेको छन् । उनले यो विषय सम्झँदा आफुलाई अहिले पनि धर्म संकट हुने बताएका छन् । तर पनि भावनामा बगेर मात्रै सबै कुरा नहुने भन्दै दिर्घकालिन दृष्टिकोणले हेर्दा त्यो कुरा जायज भएको बताएका छन् ।

फुटपाथ पैदलयात्री हिड्नैका लागी बनाइएको दाबी गर्दै उनले कोही न कोही कठोर हुनै पर्ने बताएका छन् । विकल्प भने आफुले दिन नसक्ने पनि बालेनले भनेका छन् । विकल्प दिन सक्ने क्षमता महानगरको नभएको भन्दै संघिय सरकारमा आफु भएको भए धेरै गर्न सक्ने तर अहिले हटाउने काम मात्रै आफुले गर्ने र त्यो काम गरिरहने उनले भनेका छन् । ठेलागाडामा मकै पोल्नेलाई हटाएकै परिणाम बानेश्वर र असनक्षेत्रमा देखिएको दाबी उनले गरेका छन् ।

बालेनले अझै केही समय गाली सहने तर समस्याको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र नमोडिने बताएका छन् ।मेयर पद सम्हालेको एक सय दिनको सन्दर्भमा उनले सामाजिक सन्जालमार्फत् सो कुरा बताएका हुन् । तर, एक सय दिनको दौडमा नभई आफूसाग पााच वर्षको योजना रहेको भन्दै उनले आफूहरुप्रतिको विश्वास र समर्थनलाई निराश नबनाउने प्रतिबद्धता जनाएका छन् ।

उनले एक सय दिनभित्र फोहोर व्यवस्थापन गर्ने भने पनि आफूले सोचेजस्तो हुन नसकेको स्वीकार गरेका छन् । ‘तर झण्डै दुई दशकदेखि कुहिएर रहेको रहेको समस्यालाई हामीले सतहमा ल्याउन भने सक्यौं,’ उनले भनेका छन्, ‘यसबाट वास्तविक समस्याहरुको पहिचान भएर दिगो समाधानका योजनाहरु बनाउन सक्ने भएका छौं ।’

उनले अनधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउने कामबाट पछि नहट्ने दृढता व्यक्त गरेका छन् । नर्भिक अस्पताल लगायतले निर्माण गरेका अनधिकृत संरचना हटाएको विषयमा उनले लेखेका छन्, ‘जे जुन प्रयोजनका लागि उपयोग गर्ने भनिएको छ, त्यो त्यही रुपमा प्रयोग हुनुपर्छ । हामीले चाहेको यति मात्रै हो । कुनै पनि शर्तमा यो नियम लागू गर्न हामी पछि हट्ने छैनौं ।’

यसबारे उनले थप लेखेका छन्, ‘यी कतिपय सन्दर्भमा हामीले सम्मानिता अदालतका सन्दर्भमा बोल्यौं, सम्बन्धित व्यक्तिसामु चर्को स्वरमा आक्रोश पोख्यौं । आम मानिसहरुको आवाज हामीले सम्बन्धित ठाउँसम्म पुर्याउने सेतुका रुपमा मात्रै हामीले ती कार्यहरु गरेका छौं । सायद जनप्रतिनिधि हुनुको औचित्य पनि त्यही हो ।’