अब म फेरि सडकमा जान्छु भन्दै प्रचण्डले कसलाई दिएका हुन् धम्कीपूर्ण चेतावनी ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि सडकमा जाने बताएका छन् । आइतबार मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको एक कार्यक्रममा बोल्दैं अध्यक्ष प्रचण्डले चुनाव पछि अहिलेको प्रणाली फेर्न सडकमा जाने घोषणा गरेका हुन् ।

प्रचण्डले भने, ‘हेरिरहनु होला चुनावपछि म सडकमा जान्छु । समाजवादमा जाने जुन परिकल्पना मैले गरेको छु त्यसका लागि यो मेसिनरी बदल्न जरुरी छ ।

शासन प्रणाली र चुनाव प्रणाली बदल्न जनतामा जानुको विकल्प नभएको बताएका प्रचण्डले अहिलेका शासन प्रणाली र चुनाव प्रणाली फेर्न सडकमा जानुको विकल्प नरहेको बताए ।

साथै, उनले एमालेका नेता घनश्याम भुसालले तीन९चार वर्षभित्र उथलपुथल हुन्छ भनेपनि त्यो उथलपुथल १ वर्षभित्रै हुने र त्यसको नेतृत्व आफैंले गर्ने बताए ।