पर्यटन मन्त्रीलाई लाइन बस्न लगाउँदा हिरासत पुगेका सुरक्षा गार्डलाई भेट्न पुगे रवि लामिछाने, खुल्यो अर्को नयाँ रहस्य !

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस्न लगाउँदा उत्पन्न विवादपछि पक्राउ परेका सुरक्षा गार्ड शेरजंग गुरुङलाई भेट्न रबि लामिछाने पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबिले प्रहरी हिरासतमै पुगेर गुरुङलाई भेटेका हुन् ।

गुरुङसँगको तस्वीर सामाजिक सञ्जालमा हालेर रविले भनेका छन्, ‘प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङसँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु । कानुन सबैलाई बराबर हुन्छ ।’

भिसा आवेदन दिन छायाँ सेन्टरमा रहेके भीएफएस ग्लोबलको कार्यालयमा पुगेका मन्त्री श्रेष्ठलाई गुरुङले लाइनमा आउनुस् भनेका थिए । तर उनी मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।

आफूसँगको भेटमा गुरुङले आफूले ड्युटी पूरा गरेको र कसैलाई कुनै दुर्व्यवहार नगरेको बताएका रविले उल्लेख गरेका छन् । गुरुङ्गले भनेको भन्दै रविले लेखेका छन्, ‘गुरुङको छोरो आवाज अली ठूलो भयो होला तर मैले कुनै दुर्व्यवहार गरेको छैन । मन्त्री भन्ने मलाई थाहा पनि भएन, थाहा भए पनि ड्युटी त गर्नै प¥यो ।’

रविले अघि भनेका छन्, ‘यदि उहाँको भनाइ सत्य हो भने उहाँलाई थुनामा राख्ने होइन ससम्मान रिहा गरियोस् । दण्डित होइन पुरस्कृत गरियोस् । नियम मिचेर लाइन नबस्ने मन्त्री लाई चाहिँ कानुन नमानेको अभियोगमा अनुसन्धान गरियोस् ।’

रविले गुरुङलाई थुनाबाट ससम्मान रिहा गर्न माग गरेका छन् । ‘उहाँलाई दण्डित होइन पुरस्कृत गरियोस् । नियम मिचेर लाइन नबस्ने मन्त्रीलाई चाहिँ कानून नमानेको अभियोगमा अनुसन्धान गरियोस्’, उनले भनेका छन् ।