गुण्डा नाईके मिलन चक्रे परे एमाले गोरखाको चुनावी सिफारिसमा

नेकपा एमालेले गोरखा २ को प्रतिनिधि सभा सांसद उम्मेदवारमा मिलन गुरुङ (चक्रे) सहित तीन जनाको नाम सिफारिस गरेको छ ।

क्षेत्र २ को क्षेत्रीय समितिको आज आइतवार सकिएको बैठकले चक्रेसहित दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम सिफारिस गरेको हो । चक्रे विगतमा विवादास्पद गतिविधिहरुमा संलग्न रहँदै आएका थिए । ठमेल क्षेत्रमा व्यावसायिक प्रभाव जमाउन धन बल को पहुँच बनाएका उनलाई एमालेले सिफारिश गरेकाे हाे । यसअघि कांग्रेसले जिउँदै भट्टीमा मान्छे हाल्ने माेहम्मम आफताब आलमलाई सिफारिश गरिसकेको छ ।