‘नेपहपको श्रीपेच’ मा बालेनले झ्याप भएरै उद्घोषिकाको माइक खोसेका हुन् ? एक महिनापछि आफैँले छर्लङ्ग्याए वास्तविकता

र्‍याप संगीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’ कार्यक्रममा झ्याप भएको भन्दै आलोचित बनेका काठमाडौं महानगरका मेयर बालेन शाहले प्रष्टीकरण दिएका छन् । महानगरको मेयरका रूपमा १०० दिने कार्यकालका उलपब्धि सार्वजनिक गर्ने क्रममा उनले आफ्नो भूमिका धेरै स्थानमा फरक फरक भूमिकामा रहनुपर्ने बताएका छन् ।

उनले आफूले उक्त कार्यक्रममा मदिरा सेवन गरे नगरेकोबारे प्रष्ट नबताए पनि ‘सार्वजनिक व्यक्तित्व भएको कारणले समाजमा आफ्ना कार्यहरूले पार्न सक्ने प्रभावका बारेमा भने सजग रहेको जानकारी गराउँदछु’, भनेका छन् ।

यद्यपी बालेनले मान्छे एउटै जीवनभित्र फरक–फरक भूमिकामा हुने बताएका छन् । उनले भनेका छन्, ‘म कार्यालयमा मेयर भएर व्यवस्थित भइरहँदा घरमा छोरोको रूपमा अव्यवस्थित, पतिका रूपमा प्रेमिल र साथीहरूसँग जि’स्किँदै फुटसलमा रमाइरहेको हुन सक्छु । यी हरेक भूमिकाका लागि अर्को भूमिका भन्दा विप’रीत हुनुपर्ने पनि हुन सक्छ ।’

‘माहौलले पनि फरक पार्न सक्छ । कार्यक्रमको चर्चाका लागि वा माहौललाई रोचक बनाउन म छुट्टै अभिनय गरिरहेको हुन पनि सक्छु । यी सबै कुरालाई सोही रूपमा बुझिदिनु हुन आग्रह गर्दछु’, बालेनले थपेका छन् ।

एक महिनाअघिको सो मा साहको केही सेकेन्डको भिडियो एका’एक टि’कटकमा भा’इरल बनेको थियो । उक्त भिडि’योमा साहको बोली र हाउभाउलाई हेरेर धेरैले ‘मेयर झ्या’पमा’ भन्दै टिप्पणी गरेका थिए ।

र्‍याप संगीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’ को ग्रान्ड फाइनलमा चिफ गेस्टको रूपमा उपस्थित भएका थिए साह । उनी उक्त रियालिटी शोका एक निर्णायक पनि हुन् ।

फाइनलमा स्टेज पटक पटक उभिँदा बालेनको शैली अस्वाभाविक देखिएको थियो । उनको बोली केही लरब’राएको र शरीर पनि अलि असन्तुलित थियो ।

कार्यक्रममा उनी स्वभाव विपरीत केही अस्थिर र च’ञ्चल देखिएका थिए । एक पटक उद्घोषिकाले बोल्दै गर्दा बालेन बिना प्रसंग अचानक उनीसामु आएर माइक तान्न खोजे । उद्घोषिकाले केही भनेपछि ब्याक हटे र दुवै हात अगाडि राखेर आफ्नो सिग्नेचर पोजमा उभिए । साथै, उनी जोसित पनि आलिंगन र कानेखुसी गरिरहेका देखिन्थे ।