क्षेत्रले सिफारिस गरे पनि आलम सांसद उमेदवार नबन्नेमा ढुक्क हुनुहोस् : गगन थापा

काठमाडौं १७ भदौ

सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कारागारमा रहेका नेता अफताव आलमलाई सांसदको उमेदवार नबनाउने स्पष्ट पारेका छन् ।

शुक्रबार मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीद्धारा लिखित पुस्तक ‘बाआमा’ सार्वजनिक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो जानकारी गराएका हुन् । क्षेत्रले सिफारिस गरे पनि आलम सांसद उमेदवार नबन्नेमा ढुक्क रहन थापाले आग्रह गरे ।

‘संविधानले वर्जित गरेको मात्र होइन नैतिकताको कसीमा राखेर हेर्दाखेरि छाति ठोकेर हो यो निर्णय हामीले गरेको, मैले गरेको भन्न नसक्ने कुनै पनि निर्णय हामी भएको ठाउँबाट हाम्रो पार्टीले गर्दैन । यत्ति कुरा आश्वस्त पार्छु ‘ थापाले भने ।