सावधान ! के तपाई नुहाउने बेला पिसाब गर्ने बनि छ ? अवश्य पढ्नुहोस्, यस्तो छ गम्भीर असर

काठमाडौं ।

कसैले नुहाउँदा पिसाब गर्छु भन्यो भने कस्तो लाग्छ ? पक्कै पनि अफट्यारो महसुस गर्नुहुन्छ । साँचो कुरा गर्ने हो भने तपाईं आफैंले पनि धेरै पटक पिसाब गर्नुहुन्छ । पत्याउनुहोस् वा नपत्याउनुहोस् तर धेरैजसो मानिसहरू नुहाउँदा बाथरूममा पिसाब गर्न मन पराउँछन् ।

जब तपाईंको सम्पूर्ण शरीर लामो समयसम्म चिसो पानीमा रहन्छ, त्यहाँ पिसाब गर्नका लागि दबाब सिर्जना हुन्छ । जसकारण मूत्र प्रणाली सक्रिय हुन्छ । यस्तो अवस्थामा तपाई आलस्यका कारण कतै जानुको सट्टा नुहाउने बेला नै पिसाब गर्न रुचाउनुहुन्छ ।

स्वीमिङ पुलमा पिसाब फेर्ने मानिस पक्रिनका लागि आजकल कतिपय स्वीमिङ पुलमा केमिकल राख्ने गरिन्छ । केमिकलका कारण पिसाब फेर्दा बित्तिकै जानकारी हुन्छ । आज हामी नुहाइरहेको बेला पिसाब फेर्नेहरुका लागि जानकारीमुलक सामाग्री लिएर आएका छौँ ।

एलिसिया नामकी एकजना डाक्टरले आफ्नो टिकटकमा एक भिडियो राख्दै महिलाहरूले नुहाउने बेलामा पिसाब फेर्नु नहुने कारणबारे चर्चा गरेकी छिन् । एलिसियाका अनुसार महिलाहरूले बगिरहेको पानीको तल उभिएर पिसाब फेर्नु हुँदैन ।

उनका अनुसार पिसाब र चलिरहेको पानीको आवाजको बीचको सम्बन्ध तपाईंका लागि भविष्यमा खत्तरा बन्न सक्छ । नुहाउने बेला, धारा खोलिरहेको बेला पिसाब फेर्ने बानी पर्‍यो भने तपाईंलाई भाँडा माझ्नका लागि धारा खोलेको बेलासमेत पिसाब फेर्न बानी पर्न सक्छ ।

यसरी पानी चलाउनुपर्ने अन्य काम गर्दासमेत पिसाब गर्न मन लाग्ने समस्या हुन्छ । उक्त भिडियोमा एकजना महिलाले आफूलाई बिरुवामा पानी हालिरहेको बेला पिसाब गर्न मन लाग्ने गरेको अनुभव साझा गरेकी छिन् ।