मैले ४ वर्षसम्म संगत गरेको पल असाध्यै भद्र र सहयोगी मान्छे हो : आँचल शर्मा

काठमाडौँ –

नायिका आँचल शर्माले आफुले संगत गरेका पल शाह अर्कै भएको बताएकी छन्। आफूले ४ वर्षसम्म संगत गरेको पल असाध्यै भद्र र सहयोगी रहेको आँचलले बताएकी छन्।

आफूले संगत छाडेपछि भने उनको व्यवहार कस्तो भयो भनेर आफूलाई थाहा नभए पनि त्यती बेला मैले संगत गर्दा उ असाध्यै मिलनसार थियो। पल थुनामा पुगेलगत्तै उनलाई भेट्न सेलिब्रेटीको जम्बो टोली तनहुँ पुग्यो।

तर उनलाई भेट्न नगएको आरोप लागेका बेला उनले पललाई भेटेर फर्किएको उनले पल झनै ह्यान्डसम भएको बताएकी छन् ।आँचलले हल्ला नगरी पललाई भेट्न गएको बताएकी छन् । नेपाली फिल्म उद्योगको कुनै समय सफल जोडी मानिने पल र आँचललाई फ्यानले आँप जोडी भनेर चिनेका थिए ।

पल र आँचलका विषयमा फिल्म उद्योगमा गसिप समेत हुन्थ्यो। अहिले परिस्थिति बेग्लै छ। आँचल घरजम गरेर बसेकी छन्। पल नाबालिग बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा छन्।