एक जना बालेनले जित्दा त यस्तो अवस्था छ भने देशैभरीबाट १६५ जना बालेनले जितेमा कस्तो अवस्था होला: सागर ढकाल

काठमाडौ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह अवैध संरचना भत्काउन आफैँ डोजर लिएर फिल्डमा उत्रिए पछि अहिले यत्रतत्र सर्वत्र यहि बिषयमा चर्चा, परिचर्चा र बहस भइरहेको छ। विभिन्न व्यक्तिहरुले विभिन्न किसिमले यो बिषयमा प्रतिक्रिया दिइरहेका छन्।

नागरिक स्तरबाट बालेनले अभूतपूर्व समर्थन प्राप्त गरेका छन् भने विभिन्न राजनितिक पार्टीका केहि नेता र व्यापारीहरुले भने बालेनलाई नराम्रो समेत भनेका छन्। काग्रेस नेता मिन विश्वकर्मा र एमाले नेता महेश बस्नेतले खुलेरै बालेनको विरोध गरेका छन्। केहिले भने घुइरो घुइरो विरोध गरिरहेका छन्।

जनस्तरबाट भने हामीले खोजेको मेयर यस्तै हो भन्दै बालेनले गतिलो समर्थन प्राप्त गरिरहेका छन्। देशभरी बालेनकै डोजरको चर्चा चलिरहेका बेला मंसिर ४ गते हुने प्रतिनिधीसभाको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध डढेलधुराबाट उमेदवारी घोषणा गरेका सागर ढकालले यस बिषयमा मुख खोलेका छन्।

बालेनले गरेको कामको प्रशंसा गर्दै सागरले एक जना बालेनले जित्दा त यस्तो अवस्था छ भने देशैभरीबाट १६५ जना बालेनले जितेमा कस्तो अवस्था होला ? भनेर भनेका छन्। भ्रष्टाचारी र देश विर्सेर पार्टीवादी बन्नेहरुको हालत कस्तो होला संघिय निर्वाचनमा स्वतन्त्रहरुले जितेमा भन्ने कल्पना उनले गरेका छन्।

ढकालले आफ्नो सामाजिक संजालमा स्टाटस लेख्दै बालेनको कामले भ्रष्टहरुको मुटु हल्लिएको संकेत गर्दै सबैतिरबाट बालेन जस्तै उमेदवारहरुले जितेर आएमा कायापलटनै हुने दाबी गरेका छन्। ढकालले त्यो मौका आएको भन्दै मंसिर ४ को सदुपयोग सबैले गर्नु पर्ने भनेका छन्।

बालेनको तारिफ गर्दै सागर ढकालले आफ्नो सामाजिक संजालमा लेखेको स्टाटस यस्तो छ एउटा बालेन आउँदा यस्तो छ, १६५ क्षेत्रमै बालेनहरु आए भने भ्रष्ट्राचारी र देश बिर्सेर पार्टीबाद भन्नेहरुको हालत अब ४-५ महिनामै के होला रुरु अब सक्षम पढेलेखेका अनुभवि जोस होस र देश विकास गर्ने हुटहुटि भएका २ करोड युवा बालेनहरुको पालो।

देशको माया लाग्छ भने देशभरि बालेनहरुलाई आउने चुनावमा खोजि खोजि सकेको मेहनत गरेर संघिय चुनाव जिताउनु होला। ३३ थोरै नयाँ होइन पुर्ण नयाँ ढकालले लेखेको यो स्टाटस पाँच मिनेटमै भाइरल भएको छ। उनको समर्थनमा धेरैले सेयर र प्रतिक्रिया दिएका छन्।

पाँच बर्ष अघि बिबिसीको साझा सवाल कार्यक्रममा प्रश्न गर्दा देउवाले तपाई बढ्ता बोल्दै हुनुहुन्छ भनेर थर्काएका युवा हुन् सागर ढकाल। अहिले उनी आफैँ देउवासँग प्रतिष्पर्धा गर्छु भन्दै डढेलधुराबाट प्रतिनिधीसभाको उमेदवार बनेर मैदानमा उभिएका छन्।

देउवालाई हजुरबुवा भन्ने गरेका ढकालले अब नाती पुस्ताले यो देशको नेतृत्व गर्नु पर्ने बताउदै आएका छन्। यस पटक देउवालाई जसरी पनि चुनाव हराउने र बृद्धभक्ता खुवाउने उद्घोष सहित उनी मैदानमा उत्रिएका छन्। सागरले सांसद मात्रै होइन प्रधानमन्त्रीनै बन्ने महत्वाकांक्षानै राखेका छन्।

ओलीलाई जनताले नपत्याउने भन्दै घनश्याम भुसालले अर्कै नेतालाई प्रधानमन्त्रीको रुपमा अघि सारेपछि एमालेमा लफडा
नेकपा (एमाले) को शनिबार बसेको केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा जाने निर्णय गरेको छ। एमाले संसदीय दलका प्रमुख सचेतक एवम् पोलिटब्युरो सदस्य विशाल भट्टराई नेता घनश्याम भुसालले भने जनताले ‘नयाँ नेतृत्व खोजेको’ बताएका छन् ।

केन्द्रीय कमिटीको बैठकपूर्व गत विहीबार ललितपुरको च्यासलमा बसेको एमाले स्थायी कमिटीको बैठकमा नेता भुसालले केपी ओलीको नेतृत्वमा चुनावमा गएर सफलता नपाइने संकेत गर्दै नयाँ नेतृत्व अघि सार्नुपर्ने बताएका हुन् ।

एमाले स्थायी कमिटी सदस्य भुसालले पूर्वसभामुख नेम्वाङलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जानुपर्ने संकेत गरेको बैठकमा सहभागी एमाले नेताहरुको भनाइ छ ।

‘हिजो संसद विघ’टन असफल भएसँगै केपी कमरेडको ठाउँमा सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाएको भए नेकपा एमाले फुट्दैनथ्यो,’ बैठकमा भुसालको भनाइ उद्धृत गर्दै एमालेका एक नेताले भने, ‘फरक समुदायको नेतालाई प्रधानमन्त्री बनाउँदा नयाँ सन्देश दिन सकिन्छ ।’

नेता भुसालले विहीबार स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको लिखित प्रस्तावमा पनि नयाँ नेतृत्वका साथ चुनावमा जानुपर्ने उल्लेख गरेका छन् । भुसालको यो प्रस्तावले ओलीको नेतृत्वमा चुनावमा जाँदा जनताले नपत्याउने दाबी गर्छ ।

भुसालले स्थायी कमिटीमा पेश गरेको प्रस्तावमा भनिएको छ, ‘यो असाधारण चुनौतिले घे’रिएको तर ऐतिहासिक अवसर बाँकी नै रहेको अवस्था हो । यस अवस्थामा पनि इतिहासमा हामीले गरेका कमजोरीको जिम्मेवारीबाट उम्किने प्रयास गर्यौं भने आ’न्दोलन र पार्टीमाथि घोर बेइ’मानी हुनेछ ।

जनताले समग्र राजनीतिमै नयाँ सङ्कल्प र नेतृत्व खोजेका छन्। त्यसलाई नजरअन्दा’ज गर्ने जोसुकैले ठूलो मूल्य चुकाउनु पर्नेछ ।’जनताको विश्वास जित्नका लागि केपी ओलीले त्याग गर्नुपर्नेतर्फ संकेत गर्दै भुसालले लिखित प्रस्तावमा भनेका छन्, ‘आउनुहोस्, जनताको चाहनालाई सम्वोधन गर्न हामी कस-कसले केके त्याग गर्नुपर्ने हो, तयार होऔँ ।’

नेता भुसालले आगामी चुनावमा केपी ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर सफलता नपाइने विश्लेषण गरे पनि शुक्रबार र शनिबार दुई दिन बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले भने केपी ओलीलाई नै भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेर जनतासँग बहुमत माग्ने निर्णय गरेको छ ।