फेसबुकमा गाली गर्नेलाई जेल हाल्ने मेयर हर्क साम्पाङको चेतावनी

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अहाफुलाई फेसबुकमा गाली गर्नेलाई जेल हाल्ने चेतावनी दिएका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले लेखेका छन्,‘फेसबुकमा गालि गलौज गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पूर्जी जारी गरिनेछ । अनि मानहानी र गालि बेइज्यतीको मुद्दा चलाइनेछ । यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु ।

’उनले यो स्टाटस राखेको केही बेरमा गालीको ओइरो झनै बढी आयो र उनको फरी अर्को चर्को आलोचना सुर भयो । त्यसपछि उनले अर्को स्टाटस लेखे । उनले अर्को स्टाटसमा विरोध गर्न पाइन्छ भन्द्रै आफनै स्टाटसको बचाउ गरेका छन् । विरोध गर्न लोकतन्त्रमा पाइन्छ ।

तर्क सहितको विरोध र बहसलाई मैले सधैव धन्यवाद दिंदै आएकैछु तर तल्लो स्तरको शब्द प्रयोग गरेर गालि गर्ने छुट कसैलाई छैन भन्दै लेखेका छन् ।