स्थापितका कारण मेयरको टिकट नपाएका विद्यासुन्दर शाक्यलाई चिठ्ठा, एमालेले गर्‍यो बोल्ड निर्णय !

गत बैशाख ३१ मा सम्पन्न स्थानिय चुनावमा टिकट नपाएका केही नेताहरु संघमा चुनाव लड्ने भएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौंको १० वटै क्षेत्रमा उम्मेदवार सिफारिस गर्दा एकजना पूर्वमेयर तथा गत चुनावमा टिकट नपाएका नेताको नाम समावेश भएको छ ।

एमालेको निर्वाचन क्षेत्रस्तरीय समितिले काठमाडौं-७ र ९ बाट विद्यासुन्दर शाक्यको नाम सिफारिस गरेको छ । काठमाडौं महानगरपालिकाका पुर्व मेयर हुन् ।

शाक्य गत स्थानीय तहको निर्वाचनमा महानगरको मेयरमा पुनस् उम्मेदवार बन्ने चाहना राखे पनि पार्टीबाट चौतर्फी विरोध भएपछि उनी ब्याक भएका हुन् । उनको ठाँउमा एमालेकै केशब स्थापित उठेपनि हारेका थिए ।

को कहाँबाट ?

एमालेको निर्वाचन क्षेत्रस्तरीय समितिले काठमाडौं( १ बाट विदुर मैनाली, रुपनारायण श्रेष्ठ, टीकाराम भट्टराई र क्षेत्र नम्बर २ बाट मणिराम फुयाँल, ३ मा कृष्ण राईको नाम सिफारिस गरेको छ ।

त्यस्तै, काठमाडौं(४ मा राजन भट्टराई र निर्मल कुँइकेल, ५ मा ईश्वर पोखरेल, ६ मा कल्पना रिजाल, योगेन्द्र संग्रौला, लेखनाथ फुँयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा र हरिशरण तिमल्सिनाको नाम सिफारिस भएको छ ।

काठमाडौं(७ मा विपी ढकाल, इन्दिरा पन्त, श्याम घिमिरे, विद्यासुन्दर शाक्य र रघुजी पन्त र काठमाडौं(८ बाट राजेश शाक्यको नाम सिफारिस भएको छ । काठमाडौं(९ बाट कृष्णगोपाल श्रेष्ठ, अजयक्रान्ति शाक्य र विद्यासुन्दर शाक्यको नाम सिफारिस भएको छ ।

१० बाट विनोद श्रेष्ठ, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जन र शरब महर्जनको नाम सिफारिस भएको छ ।