सर्वोच्चले बालेनसँग लिखित जवाफ मागेपछि झिके अहिलेसम्मकै ठुलो हुकुमको यक्का !

सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लिखित जवाफ मागेको छ। अदालतको अपहेलना मुद्दामा बालेनविरूद्ध परेको रिटको सोमबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले बालेनसँग लिखित जवाफ माग्ने आदेश दिएको हो।

सर्वोच्चले मेयर बालेनलाई ७ दिनभित्र लिखित पेश गर्न आदेश दिएको छ। उनले नक्सा पासको अधिकार अदालतलाई दिउँ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेको भन्दै अदालतको अवहेलना मुद्दामा जोशीले बालेनविरूद्ध सर्वोच्च अदालतमा हालेका थिए।

बालेनले नियुक्त गरे नयाँ कानुनी सल्लाहकार
काठमाडौं महानगरले अधिवक्ता ओमप्रकाश अर्याललाई कानुनी सल्लाहकारको रूपमा नियुक्त गरेको छ । उहाँकै न्यायिक पहलबाट अख्तियार प्रमुखकाे पदमा नियुक्त लाेकमान सिँह कार्की पदमुक्त भएका थिए भने उहाँ डा. गाेविन्द केसीकाे सत्याग्रह अभियानका मुख्य सहयाेगी पनि हुनुहुन्छ ।