मासिक ४ लाख तलब दिने गरी १० हजार नेपाली कामदार लैजान बेलायत तयार

काठमाडौं । बेलायतले मासिक करिब ४ लाख तलब दिने गरी नेपालीहरुका लागि रोजगारी दिने भएको छ । सरकारले बेलायतमा नेपाली नागरिक पठाउने प्रक्रिया सुरु गरेको बताएको हो । बजेटको मन्त्रालयतगत शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उहाँले यस्तो बताउनुभयो ।

सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले १० हजार जनशक्ति बेलायत पठाउने गरी सम्झौता गर्न लागेको जानकारी गराउनुभयो । उहाँका अनुसार बेलायतमा नर्सलाई पठाउन लागिएको छ । साथै, मन्त्री श्रेष्ठले जापान, कोरिया, न्युजिल्याण्ड लगायतका देशमा श्रमिक पठाउनका लागि समेत पहल गरिरहेको जानकारी दिनुभयो ।

मन्त्री श्रेष्ठसँग सांसदहरुले श्रमिकलाई बाँच्न पुग्ने न्युनतम ज्याला हुनुपर्ने, रोजगारी सिर्जनामा ध्यान दिनुपर्ने, स्वरोजगार र विदेशमा गएकाहरुको सुरक्षा गर्नुपर्ने, वैदेशिक रोजगारी घटाउने योजना हुनुपर्ने, श्रम स्वीकृति सातै प्रदेशबाट हुनुपर्ने, सरकार–सरकार मार्फत विभिन्न देशहरुसँग श्रम सम्झौता गर्नुपर्ने लगायतका सुझाव दिएका छन् ।

एजेन्सी । भनिन्छ, मानव जीवनलाई सफल बनाउनका लागि चाहिने आधारहरु मध्ये शारीरिक सम्बन्ध पनि एक हो ।

शारीरिक सम्बन्ध मानव जीवनको एक नियमित प्रकृया भएका कारण यो कुनै जटिल वा फराकिलो विषय होइन, जति आम मानिसले यसलाई कठोर सम्झिरहेका छन् ।

शारीरिक सम्बन्धलाई मानिसले जति अप्ठेरो रुपमा सोच्दै जान्छ त्यो उतिनै अप्ठेरो मोडतर्फ प्रवेश गर्छ । यद्यपी शारीरिक सम्बन्ध गर्नु अघि वा पछिका लागि आफ्नै अनुशासन पनि हुने गर्छन् ।

शारीरिक सम्बन्धलाई धेरै नै सहज ठानेर आचरणहीन उच्श्रृङखल बनाउन थालियो भने यसले फेरि जीवनमा अर्को जटिलता सिर्जना गर्न पुग्छ ।

शारीरिक सम्बन्ध सन्तोत्पादन गर्ने प्रकृयामात्र नभएर शारीरिक तथा मानसिक खुशी दिलाउने एक बलियो सम्बन्ध पनि हो ।

त्यस कारण पनि यसले मानव स्वास्थ्यलाई फाइदा नै पुग्ने गर्छ । तर आजहामी एउटा नयाँ विषयमा चर्चा गर्दै छौं ।

अक्सर हामीले शारीरिक सम्बन्ध पछाडि पुरुषहरु थाक्छन् भन्ने कुरा सुन्दै र अनुभव गर्दै पनि आइरहेका हुनसक्छौं । तर शारीरिक सम्बन्ध पछाडि महिला निराश बन्ने गरको कुराहरु हामीले कमैमात्र सुनेका हुन सक्छौ ।

किन की वीर्यस्खलन पछाडि थकित पुरुषले महिलासँग अन्तरंग नगर्ने गरेको विभन्न अनुसन्धानले देखाउँदै आएका छन् ।

त्यसकारण पनि अधिकांश पुरुषहरुले शारीरिक सम्बन्धपछि महिलासँग सहवासको अनुभव साट्ने गर्दैनन् । जसले गर्दा सहवासमा साथ दिइरहेको आफ्नो पार्टनरले शारीरिक सम्बन्ध पछाडि के सोचिरहोला ? उसलाई कस्तो लागिरहेको छ भन्नेमा पुरुषहरुले हेक्का राख्दैनन् ।

तर एउटा अन्तर्राष्ट्रिय अनुसन्धानले शारीरिक सम्बन्धपछि महिलाहरु निराश हुने गरेको पत्ता लगाएको छ । त्यतिमात्र होइन शारीरिक सम्बन्ध पछाडि त्यसरी महिलाहरु निराश बन्नुका केही कारणहरुसमेत निक्र्यौल गरेको छ ।

क्वीन्सलैण्ड यूनिवर्सिटी अफ टेक्नोलोजीले गरेको अनुसन्धान अनुसार शारीरिक सम्बन्धको क्रममा चरमसुख, अत्यधिक आनन्दको अनुभुतिसंगै निराशा पनि एक प्रकारको भावनात्मक अभिव्यक्ति हो ।

सहमतिमा शारीरिक सम्बन्ध राखिसकेपछि पनि धेरै महिलाहरुमा निराशाको भावना जन्मिन्छन् र यो ‘मनोवैज्ञानिक समस्या भएको अनुसन्धानकर्ताहरुको भनाई छ ।

२ सय ३० महिलाहरुमाथि गरिएको अनुसन्धानमा धेरै महिलाहरुले शारीरिक सम्बन्धपछि तनाव र निराश महसुस गरेका थिए । कयौं महिलाहरु शारीरिक सम्बन्धपछि बाथरुममा रुने पनि गरेको अनुसन्धानकर्ताहरुले दावी गरेका छन् । कुनै–कुनै महिलाहरुमा यो समस्या धेरै रहेको र कुनैमा थोरै रहेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तो अवस्थामा शारीरिक सम्बन्धपछि आफ्ना साथीलाई निकै ध्यान दिनुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन् । तपाई जति शारीरिक सम्बन्धमा रमाउन खोज्नु हुन्छ त्यति नै शारीरिक सम्बन्धपछि पनि आफ्ना पार्टनरसंग समय विताउन जरुरी छ । यसले मात्र तपाईको जीवन सबैतिरबाट सफल र सुन्दर बन्न सक्छ ।

शारीरिक सम्बन्धपछि आफ्नो महिला पार्टनको निधार चुम्ने, सुम्सुम्याउने र अंगालोमा राखेर मिठा मिठा कुरा गर्नुभयो भने उनीहरु खुशी हुन्छन । महिलाहरु पुरुषको तुलानाका ज्यादै भावानात्कम र समावेदनशिल हुने भएका कारण यी कुराहरुको ख्याल पुरुष पार्टनरले राख्न आवश्यक ठानिन्छ ।

काठमाडौं । वीर अस्पतालमा पित्तथैलीको पत्थरीको अप्रेशन गर्न जानुभएकी राधिका ओझाको अघिल्लो भागको ३ वटा दाँत झिकिएको छ ।

५० वर्षीया राधिका साउन ३० गते आफै हिँडेर अस्पताल भर्ना हुन जानुभएको थियो । राम्रो अनुहार, दाँतमा कुनै समस्या नभएकी राधिका अप्रेशनबाट निस्किदा तीन वटा दाँत गुमाएर फर्किनुभयो ।

राधिकालाई डाक्टर जेके ओझाको टिमले उपचार गरेको आफन्तको भनाइ छ । आफन्तले भन्नुभयो पित्तथैलीको पत्थरीको अप्रेशन गर्न अप्रेशन थियटरमा दाँत केही नभएकी आमा पठाउँदा अगाडिका तीन वटा दाँत निकालिएको छ । हामी गरिबको आवाज सुनिदिने को छ ?

उचित छानबिन होस् । यस्ता डाक्टरहरुले हामीलाई मार्न सक्छन् । पित्तथैलीको पत्थरीको अप्रेशन गर्दा दाँत निकाल्दिनेले अरु अंग निकाल्न सक्छन् । उहाँले थप भन्नुभयो हामी यहाँ जाँच गर्न आएका थियौँ ।

त्यो बेला पित्तथैलीमा पत्थरी छ भनियो । अप्रेशन गर्नुपर्छ भनेर ३१ गतेको डेट दिइयो । हामी ३० गते नै अस्पताल आएर भर्ना भयौँ । ३१ गते अप्रेशन थियटरमा लगियो । केही घण्टापछि अप्रेशन सफल भएको छ भनेर सुनाईयो हामी खुशी भयौँ । आमा भेन्टिलेटरमा हुनुहुन्थ्यो ।

अगाडि बोल्न सक्ने अवस्था थिएन । हामीले भेन्टिलेटरमा खासै देख्न पाएनौँ । त्यसपछि आइसीयूमा लगियो । त्यहाँ बिहान बेलुका भेट्न पायौँ । आइसीयूमा भेट्दा आमाको अगाडिको दाँत देखिएन ।

तीन वटा दाँत नदेख्दा हामी चकित भयौँ । आमालेपनि मेरो पत्थरीको अप्रेशन गरेको हो कि दाँतको अप्रेशन गरेको हो भनेर सोध्नुभयो । हामी चकित भयौँ । अहिले डाक्टरहरुले १० हजार दिन्छौ, ५ हजार दिन्छौ ।

दाँत त हो नी जहाँपनि हाल्न सकिन्छ भन्ने घटिया खालका जवाफ दिइरहेका छन् । यहाँ नेपाल सरकारका उपसचिव सागर मिश्र पनि रहेछन् । उहाँले कुनै रेस्पोन्स गर्नुभएको छैन । आज र भोलि बिदा छ ।

बिरामी लिएर जानुहोस् पछि कुरा गरौँला भन्दै अन्याय गरिरहेका छन् । हामीलाई न्याय चाहिन्छ आफन्तले माग गर्नुभएको छ । हेर्नुहोस् भिडियो ।