९, १०, ११ र १२ का विद्यार्थीले श्रमदान नगरे फेल गर्दिन्छु : मेयर राई

काठमाडौं । आफूले दिने बयानका कारण विवादमा पर्दै आउनु भएका धरानका मेयर हर्क साम्पाङले विद्यार्थीलाई लिएर नयाँ बयान दिनु भएको छ ।

उहाँले श्रमदान नगर्ने विद्यार्थीहरुलाई परीक्षामा अनुत्तीर्ण (फेल) गर्ने नियम लागू गर्ने घोषणा गर्नुभएको हो । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले यस्तो घोषणा गर्नुभएको हो ।

उहाँले लेख्नु भएको छ, ‘धरानमा नगरको बिकासको लागि श्रमदान नगरे कक्षा उतीर्ण नहुने नियम लागु गरिनेछ, श्रमदानको अर्थ बेस्सरी काममा जोत्ने भन्न खोजेको होइन प्रतीकात्मक हुनेछ विद्यार्थीको सहभागिता !’ तर धेरैले आलोचना गरेपछि साम्पाङले फेरि अर्को स्टाटस लेख्नुपर्यो ।

अर्को बयानमा उहाँले भन्नुभयो, ‘धरान नगरको बिकासको लागि ९,१०,११ र १२ कक्षामा पढ्ने प्रत्येक विद्यार्थीले कम्तीमा बर्षमा ७ दिन सकेको श्रम गर्नु पर्छ । त्यो श्रम सरसफाइ, वृक्षरोपन लगायत जे पनि हुन सक्छ ।’

त्यसपछि पनि सोही विषयमा उहाँले अन्य बयान दिनुभएको छ । जति ठुलो पद उति ठुलो जिम्मेवारी हुनु पर्ने हो तर हाम्रो देशमा त्यो देखिएन भन्दै

उहाँले लेख्नुभयो, ‘माटो नछुनेले माटो बेचेर सकाउँछ । आजको हाम्रो शिक्षाले हामीलाई सिसाको अफिसमा काम दिने आश्वासन दिएर गोल्भेडा, आलु र प्याज समेत भारतबाट किनेर खाने गरी कंगाल बनायो ।’