अरिङ्गाल र बच्छ्युँ खाने एमालेलाई गठबन्धन नामको झुसे बारुलाले फरक पर्दैनः ओली

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन नामको झुसे बारुलोले एमालेलाई असर पार्न नसक्ने टिप्पणी गरेका छन्।अखिल नेपाल महिला संघ झापाको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै ओलीले निरङ्कुश राजतन्त्र फाल्ने एमालेलाई गठबन्धनले केही पनि गर्न नसक्ने दाबी गरेका हुन्।

‘अरिङ्गाल र बच्छ्युँ खाने एमालेलाई झुसे बारूलाले जस्तो सुकै गठबन्धन केही फरक पर्दैन ओलीको भनाइ छ।उनले एमालेको लागि झापा मक्कामदिना जस्तै भएको बताए। झापा एमालेको उद्गमस्थल भएको स्मरण गर्दै उनले भने ‘यो सहिद भूमि हो, यो चेतनाको भूमि हो, झापा विद्रोहको भूमि भएकोले त्यो सन्देश झापाली महिलाले आउने निर्वाचनमा दिनुपर्छ।

उनले एमाले ठिक हो कि होइन भन्ने दुविधा पाल्न नहुने बताए। नारी शक्ति उठेर सबै खाले गठबन्धनलाई परास्त गर्नुपर्ने उनको भनाइ छ। महिलाहरू दृढताका साथ पार्टीको पक्षमा उभिएका र अब पनि महिलाहरू पार्टीको निर्णय र गन्तव्यको पक्षमा उभिनु पर्ने उनले बताए।

उनले भने, मैले जिल्ला जिल्लामा हेरेँ, केन्द्रदेखि तलसम्म हेरेँ, पुरुषहरू धेरै लर्बराए, तर महिलाहरू बहुत कम मात्रै लर्बराए, लर्बराउँदै लर्बराएनन् त म भन्दिनँ, तर कम मात्र लर्बराए, महिलाहरू दृढताका साथ पार्टीको पक्षमा उभिए।

ओलीले अहिलेको एक मात्र लक्ष्य मंसिरको चुनाव जित्ने भएको बताए। ‘यो पार्टीलाई जोगाएर यहाँसम्म ल्याउने, पार्टी बचाउने खास गरी भन्ने हो भने महिला दिदीबहिनी हो। युवाहरूले बचाउनुभएको हो’ उनको भनाइ छ।

यो पनि : जनार्दन शर्मा दोषी ठहर, संसदीय गणितमा मात्र निर्दोष : योगेश भट्टराई
नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दायरा हेरफेर गरेको विषयमा दोषी ठहर भएको दाबी गरेका छन् ।

आज (शनिवार) भरतपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले संसदको गणितले शर्मालाई सफाइ दिएको बताए । उनले भने, ‘तीन करोड नेपालीमाझ शर्मा दोषी ठहर भइसकेका छन्, तर संसदीय गणितमा उहाँ निर्दोष देखिनुभयो ।’

भट्टराईले छानबिन जति गहिराइसम्म पुग्नुपर्ने हो, त्यहाँसम्म नपुगेको बताए । नेता भट्टराईले भने, ‘११ जनाको छानबिन समितिमा बहुमत सत्ताधारीकै थियो, ४ जनामात्र एमालेका सांसद हुनुहुन्थ्यो । चार जनाले छानबिन प्रक्रिया मिल्ने भनेर असहमति जनाउँदा जनाउँदै संसदको टाउको गनेर जबरजस्ती प्रतिवेदन बनाइएको छ ।’

छानबिन समितिलाई उनले ‘दूधको साक्षी बिरालो’ को संज्ञा दिएका छन् । नेता भट्टराईले भने, ‘छानबिनको क्रममा कल डिटेल माग्यौँ, समितिमा बसेका सत्ताधारीका मानिसले मानेनन्, अर्थमन्त्रालयको गेटमा बस्नेदेखि सबैसँग बयान लिन भन्यौँ, त्यो पनि मानेनन्,

अनि सिसिटिभीलाई रिकभर कति गर्न सकिन्छ गरौँ भन्यौँ त्यो पनि भएन ।’नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डदेखि प्रधानमन्त्री शेरबहादुर देउवासम्मको सेटिङमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई चोख्याउने काम भएको उनले बताए ।

उनले समितिमा रहेका नेकपा एमालेका चार सदस्य मात्रै छानबिन समिति भन्न मिल्ने बताए । अन्य सदस्यहरू साक्षी समितिको रूपमा रहेको उनको भनाइ थियो ।‘नेकपा एमालेका चार जना सदस्यहरू जो छानबिन समितिमा हुनुहुन्थ्यो उहाँहरू छानबिन समिति हो ।

त्यो बाहेकका सदस्यहरू साक्षी समिति हो’, उनले भने, ‘नेपालीमा एउटा उखान छ नि दूधको साक्षी बिरालो भने जस्तै ती चाहिँ साक्षी समिति हो । खास छानबिन समिति एमाले हो ।’

छानबिन समितिको प्रतिवेदनले झन् यस प्रकरणमाथिको आशंकालाई थप बल पुर्‍योउने उनको भनाई थियो । छानबिन समितिको प्रतिवेदनले थप जनआ’क्रोश पैदा गरेको उनको भनाइ थियो ।

शर्मालाई बचाउने गरी समितिले प्रतिवेदन तयार पार्नेमा सुरुदेखि नै शंका रहेको समेत उनले बताए । यस्तै, उनले जनार्दन शर्मालाई फेरि अर्थ मन्त्री बनाए त्यो गठबन्धनको नाङ्गो बेईजती हुने टिप्पणी गरे ।

फरक प्रसंगमा उनले नागरिकता विधेयकले नेपाललाई शरणार्थीहरूको शिविर बनाउने खतरा बढेको बताए । उनले नागरिकता विधेयकमा एमालेका ३१ सदस्यले ४५ बुँदामा संशोधन प्रस्ताव राखेको बताए । एमालेले वैवाहिक अंगीकृतको विपक्षमा रहेर संशोधन प्रस्ताव राखेको उनको भनाई थियो ।

त्यस्तै, उनले बढ्दो महँगी र भ्रष्टाचारवि’रुद्ध एमाले अब संसद् छोडेर सडकमा उत्रिने बताए । साउन १६ गते काठमाडौंले एमालेले प्रदर्शन गर्ने र यसलाई देशव्यापी बनाउने उनले जानकारी दिए ।