सानैदेखिको बाबाआमालाई एउटा घरमा बनाएर राख्ने सपना पूरा गरिन् रचना रिमालले

गायिका रचना रिमालले सानैदेखि बाबाआमालाई एउटा घर बनाएर राख्ने सपना पूरा भएको बताएकी छिन्। झापाको चन्द्रगढीमा उनले गायनबाट गरेको कमाइले चार कोठे पक्की घर बनाएकी हुन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत चन्द्रगढी झापामा पुरानै घर भएको ठाउँमा नयाँ घर निर्माण कार्य सकिएको जानकारी दिइन्।

उनले तस्बिर राख्दै सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘सांगितिक क्षेत्रबाटै यो सपना पूरा गर्छु भन्ने कल्पना नै थिएन तर हजुरहरु सबैको माया र आशीर्वादले गर्दा आज मेरो एउटा सपना पूरा भएको छ। बाबामम्मी यही घरमा बस्दै हुनुहुन्छ माया, साथ, हौसला र आशीर्वाद दिनुहुने सबैमा नतमस्तक छु।’ उनले सदैव गायन क्षेत्रमा रहि सत्कर्म गर्ने बताएकी छिन्।

यो पनि पढ्नुहोश:सामाजिक सञ्जाल फेसबुक ‘ह्याक’ गर्ने गिरोहका तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–६ का १९ वर्षीय आशिष विष्ट, १८ वर्षीय प्रवीण राजवंशी र भवेश राजवंशी रहेका छन्। उनीहरुले अरुको फेसबुक ‘ह्याक’ गरेर नक्कली ई–सेवा आईडी प्रयोग गर्दै सर्वसाधारणमाथि ठगी गर्ने धन्दामा संलग्न रहेको बुझिएको छ ।

पक्राउ परेको गिरोहले सुरुमा सुनसरीको इटहरी उपमहानगरपालिका–२ का डिल्लीबहादुर राउतको फेसबुक अकाउण्ट ‘ह्याक’ गरेको थियो। उनीहरुले ‘ह्याक’ गरेको गिरोहले आफू समस्यामा परेको भनेर फेसबुकमा जोडिएका साथीहरुलाई म्यासेन्जरमार्फत म्यासेज पठाउँदै नक्कली ई–सेवा आईडी खडा गरी रकम पठाउन लगाएर ठगी गरिरहेको उजुरी राउतले दिए पछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

फेसबुक ‘ह्याक’ गरिसकेपछि पासवर्ड चोरी गरेर म्यासेन्जरमार्फत म्यासेज पठाउँदै नक्कली ई–सेवा आईडीमा पैसा ‘ट्रान्सफर’ गर्न लगाउने गरेको पाइएको बताइएको छ । उनीहरु ‘कम्प्युटर साइन्स’का विद्यार्थीसमेत रहेको खुल्न आउको छ । उनीहरुले ‘सफ्टवेयर डेभ्लप’ गरेर धेरै सर्वसाधारणलाई ठगी गरेको हुनसक्ने सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले बताए ।