सारीमा सजिदा कस्तो देखिएको छु ? : गायिका समिक्षा अधिकारी

“केहि समयदेखि सामा,जिक संजाल देखि टाढा र,हेकी गायि का समीक्षा अधिकारी फेरी सक्रिय हुन् थालेकी छन । उनी फेसबुक, इन्स्टाग्रा म लगायतका सबै सञ्जालमा मौन थिइन् ।

उनी बिस्तारै सामाजिक सञ्जालमा पुनः सक्रिय ता बढाइरहेकी छिन् । उनको नया म्युजिक भिडियो पनि हाल,चालै आएको छ । धेरै ले म न पराएका पनि छन ।सञ्जा,लका उनका सबै गतिविधिले राम्रो चर्चा पाइरहेका छन्।”


“केही समय गीत संगीत,बाट पनि टाढा रहेकी समीक्षा स्टा,टसमा आ फ्नो मन पोखिरहेकी भेटिन्छिन् । पछिल्लो पटक फेसबुक बाट उनले आफ्नो फरक लुक्स सार्वजनिक गरेकी छिन् ।उनि फ्लावर पिरि,न्ट सेताे वान पिस टपमा सजिएर हट पाेजमा फाेटाे शेयर गरेकी छिन् । लाईक र कमेन्ट पनि धेरै गएको छ ।”

“म्युजिक भिडियोमा समेत अभिनय गरेकी यी नायिकाको यो लुक्सले फ्यानहरूकाे मन जि,त्न सफल भएकी छिन् । गायिका समीक्षा अधि का री बिस्तारै गायनमा पनि फर्किन थालेकी छिन् ।

उनले केहि समय गितहरु गाय,की थिईनन् । उनले एउटा भिडियो को ईन्टर्भिउ मा भनेकी छिन गति,लो केटा पाए बिहे गर्छु भने,र पनि भने की छिन ।” अन्तिम सोमबार को। (तस्बिर गायिका समिक्षा अधिकारि को फेस्बुक बाट )


महानगरपालिकाले प्रत्येक शुक्रबार सरसफाइ अभियान सञ्चालन गर्ने
विराटनगर, ४ भदौ (रासस) :विराटनगर महानगरपालिकाले प्रदेश स्वच्छ, सुन्दर र सफा राख्ने उद्देश्यसहित हरेक शुक्रबार सरसफाइ विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

महानगर क्षेत्रलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्र गरी तीन भागमा बाँडेर सरसफाइ विशेष अभियान सञ्चालन गरिने महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिनुभयो ।

आज बसेको बैठकले हरेक शुक्रबार बिहान ७ देखि साढे ८ बजेसम्म सफाइ अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो । “कुनै पनि ठाउँको पहिचान भनेको सफाइ न सुन्दरता नै हो”, प्रमुख कोइरालाले भन्नुभयो, “बाहिरबाट आउने पर्यटकले झट्ट हेर्दा सहरमा जताततै फोहर देखे भने उनीहरूमा नकारात्मक प्रभाव पर्छ, फोहर भनेको सहरको सभ्यतासँग पनि जोडिएको हुन्छ, त्यसो भएकाले महानगर सफाइ विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेका हौँ ।”

महानगरको विकास र समृद्धिका लागि आफूहरू योजनाबद्धरूपमा लागिरहेको उहाँको भनाइ थियो । मन्दिर, मस्जिद र सार्वजनिकस्थलमा भीख माग्ने, फुटपाथ खाली गर्ने, छाडा चौपाया नियन्त्रण गर्ने अभियानलाई पनि तीव्रता दिएको बताइएको छ ।

“हामी निर्वाचित भएर आएको भर्खर तीन महिना भएको छ, यो बीचमा धेरै कुरा बुझ्नै लाग्यो”, प्रमुख कोइरालाले भन्नुभयो, “आउनेबित्तिकै हामीले महानगरका सबै नाला सफा ग¥यौँ, जसले गर्दा यसपटकको वर्षामा डुबान समस्या कम भयो, यससँगै फुटपाथ खाली गर्ने, छाडा चौपाया नियन्त्रण गर्ने कार्यलाई तीव्रता दिएका छौँ ।”

महानगर उपप्रमुख शिल्पा निराला कार्कीले विकास निर्माणसँगै सामान्यभन्दा सामान्य विषयलाई पनि ध्यान दिएर काम गरिरहेको बताउनुभयो । महानगरले सुरु गर्ने सरसफाइ विशेष अभियानमा महानगरवासीलाई समेत सहभागी हुन उहाँले आग्रह गर्नुभयो ।

यसैबीच रथयात्रालाई ध्यानमा राखेर शनिबार मेनरोडको सफाइ गरिएको छ । महानगरका प्रमुख कोइरालाको नेतृत्वमा तीनपैनी चोकबाट सफाइ गरिएको थियो । सरसफाइमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइराला, वडा नं १ का वडाध्यक्ष काजी बस्नेत, २ का अध्यक्ष कुमार पोखरेललगायतको सहभागिता रहेको थियो ।

यसअघि मोरङका प्रमुख जिल्ला अधिकारी दाहालको नेतृत्वमा प्रत्येक शनिबार बिहान नगर क्षेत्र सरसफाइ अभियान सञ्चालनमा रहेको छ । प्रमुख जिल्ला अधिकारी दाहालको नेतृत्वमा प्रहरी प्रमुख, राष्ट्रसेवक कर्मचारी, समाजसेवीलगयात विभित्र सङ्घसंस्थाका प्रतिनिधिको यो काममा सहभागी भई सहयोग गर्दै आएका छन् । विराटनगरमा केही सयमदेखि बजारभित्र फोहरको चाप घटेको र नगरको सफाइ भएको पाइएको छ ।
गत साउन २६ गते राति ११ बजेतिर घोराही उपमहानगरपालिका– १० नारायणपुरका दिनेशकुमार घर्तीलाई एक युवतीको फोन आयो। सुनचाँदी व्यवसायी घर्तीलाई नारायणपुरकै २२ वर्षीया शर्मिला भन्ने प्रमिला नेपालीले फोन गरेकी थिइन्। नेपालीले आफ्नो तिलहरी बेच्नुपर्ने भएकाले कुरा गर्न कोठामा आउन भनेपछि घर्ती कोठामै गए।

घर्ती युवतीको कोठामा गएपछि रोल्पा परिवर्तन गाउँपालिका– ५ का ४० वर्षीय दिलीपकुमार वलीसहितको समूह सोही वेला कोठाको ढोका ढकढक्याउन पुग्यो। युवतीसँग एउटै कोठामा रहेका घर्तीलाई उनीहरूले बला त्कार गरेको भन्दै कु टपि ट गरे।

ब ला त्कारको आरोपपछि त्यहाँ ठूलो बार्गेनिङ सुरु भयो। प्रहरीका अनुसार पहिलो चरणमा उनीहरूले घर्तीसँग घडेरीको डिमान्ड गरे। ‘सुरुमा ती युवतीको नाममा तुरुन्त एउटा घडेरी पास गरिदिन भनेछन्,’ जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले भने, ‘तर, घर्तीले आफूसँग घडेरी नभएको भनेपछि पैसा लेनदेनमा कुरा मिलाउन खोजेको देखिन्छ।’

घडेरी नदिएपछि नगद एक लाख रुपैयाँ, दुईवटा चेकमा दुई दिन फरकको मिति राखेर दुई–दुई लाख र अर्को चेकमा सात लाख २० हजार गरी १२ लाख २० हजार रुपैयाँ लिन खोजे। चेक र नगद दिएपछि घर्तीले उनीहरूबाट छुटकारा पाए। तर, आफूसँग भएको मोटो रकम अनाहकमै लुटिएपछि उनी प्रहरीसमक्ष पुगे। त्यसपछि छानबिन गर्दा मुख्य योजनाकार रोल्पा परिवर्तन– ५ का वलीसहित नारायणपुरकै अजय बुढाथोकी, लोकेन्द्र मगरसहित सातजनाको संलग्नतामा योजना बनाएर फसाउन खोजेको भेटिएको प्रहरी नायब उपरीक्षक गौतमले बताए।

गौतमका अनुसार सो कार्यमा संलग्न घोराही– १० नारायणपुरनिवासी ३२ वर्षीया पवित्रा डाँगी, ३२ वर्षकै विमला डाँगी र २९ वर्षीया शान्ता नेपालीलाई पनि पक्राउ गरेर अनुसन्धान थालिएको छ। अजय र लोकेन्द्र भने अहिले फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले बताएको छ।

उनीहरूविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा २५३ को उपदफा ३ (ख) अन्तर्गत आपराधिक लाभ कसुरमा साउन २७ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरी सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको बताएको छ। कसैले व्यावसायिक या गैरकानुनी तरिकाले कुनै क्षति पुर्‍याउने वा चरित्रमा झुटाे दोष लगाउने नियतले डरत्रास देखाई आपराधिक लाभ लिएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।