धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह विच काठमाडौँको फोहारेका बिषयमा चलेको जुहारीले सामाजिक संजाल अझै तातिरहेको छ।
बालेन सेलाएका छन् तर हर्क साम्पाङ अझै सेलाएका छैनन् । यसै पनि फेसबुकमा झण्डै झण्डै भिम उपाध्याय बराबरकै स्टाटस लेख्ने साम्पाङले बालेनको बिषयमा पनि लागातार लेखिरहेका छन् । कसैले बालेनको समर्थन त कसैले हर्क साम्पाङको समर्थनमा आफ्नो अभिमत प्रकट गरिरहेका छन् ।
हर्क र बालेनको जुहारीका बिषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले पनि मुख खोलेको छन् । यस बिषयमा रवि लामिछानेले भने फरक खालको प्रतिक्रिया दिएका छन् । कसैले बालेन ठिक त कसैलै हर्क ठिक भनिरहेका बेला रविले भने विल्कुलै फरक खालको प्रतिक्रिया दिएका छन् ।
बालेर र हर्क साम्पाङ विचको जुहारीका बिषयमा बोल्दै रविले यो बाहिर हल्ला गरिए जस्तो सिरियस बिषय नभएको भनेका छन् । यो कुनै ठूलो कुरा नभएर सामान्य नाकेझोक मात्रै भएको उनले भनेका छन् । यस्ता नोकझोकले नराम्रो होइन राम्रो परिणाम दिने छ ।
यसलाई नकारात्मक रुपमा लिनै नमिल्ने भन्दै उनले यसमा विकासमा बारेमा, काममा बारेमा आ आफ्ना धारणा मात्रै बालेन र हर्कले राखेको जिकिर लामिछानेले गरेका छन् । सरसल्ला हुन्छ, सामान्य नोकझोक चल्छ यो एकदमै सामान्य कुरा हो रविले भनेका छन् ।
कतिपयले सानो कुरालाई पनि ठूलो बनाएर हल्ला गरिरहको भन्दै लामिछानेले स्वतन्त्रहरु आए भने आफु आफैँमा झगडा गर्छन् ,यिनीहरु आफैँ मिल्न सक्दैनन् भन्ने भाष्य निर्माण गर्न खोजिएको छ अहिलेनै यस्तो छन् पछि के होलान् भन्ने जस्तो बनाउँन खोजिएको छ तर विकासका लागी भएको बहसका रुपमा मात्रै आफुले यो कुरालाई बुझेको र यसले राम्रै हुने उनले भनेका छन् ।
मैले यत्ति सफा गरेँ, यति विकास गरेँ भन्ने कुरामा नोकझोक चल्दा यसले अझै प्रतिष्पर्धा बढाउँने तर्क रविले गरेका छन् । प्रतिष्पर्धा हुनु राम्रो भएको उनले भनेका छन् । लामिछानेले देशभरका स्वतन्त्र उमेदवारहरुलाई एक ठाउँमा ल्याउँन प्रयास भइरहेको र आफ्नो पार्टी निरन्तर रुपमा त्यसमा लागिरहेको बताएका छन् ।
धरानमा मेयर साम्पाङले आफु काठमाडौँ आए पछि काठमाडौँको फोहोर उठ्न थालेका दाबी गरे पछि बालेनले व्यग्यात्मक रुपमा आफुले चुनाव पनि हर्क साम्पाङकै लौरो चिन्ह लिएर उठेर जितेको भन्दै प्रतिक्रिया दिए पछि विवाद चुलिएको थियो त्यस यता पनि हर्कले बालेन विरुद्ध लगातार फायर खोलिरहेका छन् ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिका प्रमुख बालेन साहमाथि निरन्तर प्रहार गरिरहेका छन् ।
केही दिन अघि काठमाडौं आएका साम्पाङले काठमाडौंको फोहोरको विषयलाई लिएर बालेनमाथि टिप्पणी गरेपछि उनीहरुबिच सामाजिक संजालमा दोहोरी नै चलेको थियो ।
त्यतिबेला हर्कले फेसबुक स्टाटस लेख्दै भनेका थिए, ‘ काठमाडौंको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डँगुर देख्दा त खाल्डा खुल्डी बाटो भएपनि धरानै सफा लाग्यो । प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो।’
आफ्नै स्टाटसको प्रभाव भन्दै हर्कले त्यसको केही दिन पछि फेरि धरान फर्किएर स्टाटस लेखे – ‘जस्ले जे भनोस् तर म काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ । कम्सेकम काम त शुरु गरे।’
सोही स्टाटसमा कमेन्ट गर्दै काठमाडौंका प्रमुख बालनेले जवाफमा भनेका छन् – ‘हो नी तपाइकै लौरो चुनाव चिन्ह लिएर मैले चुनाव पनि जेतेको हो नी।’त्यसपछि हर्कले कमेन्टमा रिप्लाई दिएका थिएनन् । तर उनले अर्को दुई स्टाटसमा बालेन लक्षित जवाफ लेखेका छन् ।
पहिलो ‘आलोचना नै सुझाब हो भन्ने नबुझ्नेले के राजनीति गर्नु बेकारमा ।’
दोस्रो ‘देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइदैन । मुख बजाउन छाडेर पाखु बजाउ नालायक हो । नामले खाएकाहरु हो । तिमेरुको रिस उठोस बेस्सरी । काम गर काम हावा तालका हो ।’
यतिकैमा केहीदिन हर्क र बालेनबीच वाकयुद्ध रोकिएको थियो । तर हर्कले बिहीबार पुन फेसबुक स्टाटस लेख्दै बालेनप्रति कटाक्ष गरेका छन् ।
उनले भनेका छन् ‘मैले के भने कसरी भने भन्दापनि मैले भनेको कुराले कस्तो र कति तरङ्ग ल्यायो र काला चस्मा लाएर सुतिरहेकाहरु कसरी जुर्मुराए भन्ने कुरा हेर्नु । सी द रिजल्ट नट द वे ।’
त्यस्तै बिहीबार नै उनले अर्को स्टाटस लेखेका थिए – ‘सत्य स्वीकार्न गाह्रो हुन्छ तर सत्य सत्य नै हो । अब बिस्तारै काठमाडौं तातिएर फोहोर व्यवस्थापन गर्नेछ । यी सब घोचपेच नभएको भए हुँदैन थियो । धन्यवाद युवा संघका युवाहरु र सबैलाई ।’