बालेन विरुद्ध हर्क साम्पाङ अझै कडा बनेर निस्किए, खोले अर्को फायर

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ‘काठमाडौँ नगएको भए फोहोर उठ्ने थिएन रहेछ, कमसेकम काम त शुरु गरे’ भन्ने लेखेको स्टाटसमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) कमेण्ट गरेपछि त्यस पछिको विषय रोचक बन्दै गएको छ । मेयर साम्पाङले बालेनमाथि स्टाटसको वर्षा नै गरिरहेका छन् ।

लगातार स्टाटसहरु फेसबुकमा लेखिसकेका छन् । पहिलो स्टाटसमा बालेनले कमेन्ट गरेका थिए भने त्यसयता उनले कुनै प्रतिक्रिया दिएका छैनन् ।

बालेनले होनी मैले चुनाव पनि तपाईकै चुनाव चिन्ह लौरौ लिएर जितेको हो नी भन्दै प्रतिक्रिया दिएका थिए । त्यसयता सुरु भएको दुई मेयरको व्याटल अझै रोकिएको छैन ।

त्यस लगत्तै पनि उनले फेरी अर्को स्टाटस लेखेका थिए । दोस्रो स्टाटसमा हर्कले अझै कडा रुपले खनिएका थिए । साम्पाङले देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइँदैन ! मुख बजाउनु छोडेर पाखुरा बजाऊ नालायक हो ! नामले खाएकाहरु हो‘ तिमेरुको रीस उठोस बेस्सरी ! काम गर काम हावा तालका हो भनेर लेखेका थिए ।

उनका स्टाटसमा मिश्रित प्रतिक्रियाहरु देखिएका छन् कतिपयले साम्पाङले भनेका कुरा एकदम सहि भएको भनेका छन् तर कतिपयले भने अब बढि भएको प्रतिक्रिया पनि दिएका छन् । यसरी स्वतन्त्रहरुकै विचमा लडाइ चल्नु राम्रो नभएको भन्दै कतिपयले यहि रोकिनु पर्ने सुझाव पनि दिएका थिए तर उनी रोकिएनन् त्यस पछि उनले थप स्टाटसहरु पनि लेखिरहेका छन् ।

त्यसको केहि समय पछि साम्पाङले फेरी लेखेका छन् ‘ठुला ठुला गफ र हुँकार होइन सानो सानो काम चाहिएको छ ! हो त्यो गर्नु ! जय काम !’ यस्तो स्टाटस लेखेको केहि समय पछि उनले काठमाडौँको फोहोर उठाइरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपालको तारिफ गर्दै अर्को स्टाटस लेखेका छन् । उनले युवा संघ काठ्माण्डौँलाई धन्यवाद ! कम्से कम फोहोर सोर्ह्ने सहास त गरे भनेर लेखेका थिए ।

एमालेको युवा संघलाई धन्यवाद दिँदै हर्क साम्पाङको स्टाटस आए पछि कतिपयले उनको फेसबुक ह्याक भएको अनुमान पनि गरे । सामाजिक संजालमा सक्रिय भिम उपाध्यायले त हर्क साम्पाङको फेसबुक हयाक भएको खबर छ भनेर लगातर स्टाटसनै लेखे । तर सबै स्टाटसहरु हर्कलेनै लेखेको पुष्टि भयो किनकी उनी केही समय पछिनै सोही आइडीबाट लाइभ आए ।

साम्पाङले भर्खरै मात्रै पनि बालेनलाई लक्षित गरेर अर्को स्टाटस लेखेका छन् उनले लेखेका छन् फोहोर सम्म सोहोर्न नसक्नेले के फुइँ लाउनु बेकारमा ! फोहोर ठेगान लगाएर बल्ल कुरा गर्नु है ! हावा गफ होइन काम चाहिएको छ जनतालाई यसरी एक पछि अर्को स्टाटस लेख्दै बालेन माथी हर्क खनिरहेका छन् ।

बालेन माथी हर्क लगातार खनिए पछि अहिले कपिपय सामाजिक संजाल प्रयोगकर्ताहरुले अती भएको भन्दै शान्त हुन पनि साम्पाङलाई अनुरोध गरेका छन् । कपिपयले यो स्टाटसहरु हर्कलेनै लेखेको हो त ? भन्दै प्रश्न पनि तेर्साएका छन् । हिजो देखी तातेका साम्पाङ अझै सेलाउने छाँटकाँट देखिएको छैन ।