सुर्य कुमारीले सार्बजनिक गरिन निहारिका र एक युवाको निजी तस्बिर, बास्तबिकता सोचे भन्दा बेग्लै

काठमाडौं ।

नायिका करिश्मा मानन्धरले आमरण अनशनमा रहेकी निहारिका राजपूतका निजी जीवनसँग सम्बन्धित तस्बिर फेसबुकमा सार्वजनिक गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नायिका मानन्धरले उनको तस्बिरहरू सार्वजनिक गरेकी हुन् ।यो घटना बाहिर आएभन्दा फरक रहेको तर्क करिश्माको छ ।

करिश्माले सार्वजनिक गरेका तस्बिरमा निहारिकाको एक युवकसँग अन्तरंग सम्बन्ध झल्किन्छ । निहारिकाले आफूमाथि बलात्कार भएको बताउदै आए पनि यी तस्बिरले उनीहरूबीच सम्बन्ध रहेको करिश्माको आशय छ ।

घटनाको प्रकृति नै थाहा नपाई आफू सहयोग गर्न अघि सरेकोमा मानन्धरले माफी समेत मागेकी छन् ।

अनुमतिबिना निजी तस्बिरहरू सार्वजनिक गर्दै करिश्माले निहारिकालाई आफ्नो आमा बुवासँग माफी माग्न सल्लाह दिँदै बच्चा र आफ्नो जीवनलाई असर हुने गरी अगाडि नबढ्न सल्लाह पनि दिएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘अब उपरान्त भोकोलाई खाना र नाङ्गोलाई लुगा बाहेक रुपैयाँको सहयोग गर्न म सक्दिन ।

निहारिकाको सडकको बिजोग हेर्न नसकेर अगाडि बढे ! निहारिका ! आमा, बुवासँग माफी माग । बच्चालाई सर पर्छ, तिम्रो जीवनमा असर पर्छ । आफूलाई दुख नदेऊ ।

कत्ति नावालिग जो साँच्चिकै पीडित छन् उनीहरूको मुद्दामा असर पर्छ ।

राज्य, न्यायपालिकाले यो केसको गहिरो छानबिन गरोस् । म भ्रममा परेको हुँ कि ? तर सधैँ सत्य को साथमा छु । यो सब हेरे पछि के गरूँ म ?‘ तस्बिरहरु करिश्मा मानन्धरको फेसबुक