लोमश र रुविनाको रोमान्समा सरस्वती लामिछानेको तिज गित ‘मन भयो दोधार’ चर्चामा

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव एक महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । प्राय तीजमा मौलिक शब्द सहितका तीज गीत बनाउने सर्जक शिव अखेलीका यो वर्षको २ गीत चर्चामा रहेका छन भने भर्खर मात्र सार्वजनिक भएको अर्को नयाँ गीत मन भयो दोधार पनि चर्चा कमाउन सफल भएको छ । 

विन्दुले सबैको मन जितिरहेका बेला श्रीमान श्रीमती र घर परिवारमा भएको विषयलाई उठाएर नयाँ गीत बनाएका छन । सो गीतमा पशुपति शर्मा र सरस्वती लामिछानेले आवाज दिएका छन । यो गीत पनि सार्वजनिक भएको छोटो समयमै सबैको मन मुटुमा बस्न सफल भएको छ । 

गीतको म्युजिक भिडियो निकै आकर्षक बनाइएको छ । गीतमा लोमश शर्मा र रुविना अधिकारीले नृत्य गरेका छन भने कुमार केसीले गीतको निर्देशन गरेका छन । 

यो पनिः