हर्क साम्पाङलाई फेरी के आइलाग्यो यस्तो, रिसले चुर हुँदै दिए कडा चेतावनी !

काठमाडौं – बराह बचत तथा ऋण सहकारी संस्थाबाट पीडित सेयर सदस्य तथा बचतकर्ताहरु धरानका मेयर हर्क साम्पाङप्रति रुष्ट बनेका छन् ।

छानबिन समितिसँगको वार्तामा बस्ने क्रममा मेयर साम्पाङले मलाई सोधेर पैसा राख्न दिएको हो ? भन्ने अभिव्यक्ति दिएको भन्दै पीडितहरुले आइतबार मेयर विरुद्ध नाराबाजी गरेका थिए। उनको कार्यकक्षको सिसासमेत फुटाई दिएका छन् ।

वार्तामा बसेका पीडितहरुको प्रतिनिधिले मेयर साम्पाङले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्ने जानकारी बाहिर दिएपछि आक्रोशित पीडितहरुको समुह मेयरको कार्यकक्षमा पुगेका थिए ।

पीडितहरुले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मेयर साम्पाङले सम्बोधन गर्दै माफी माग्नुपर्ने र शब्द फिर्ता लिनुपर्ने अडान राखेका थिए । तर, मेयर साम्पाङले सम्बोधन नगरे पछि साँझ ७ बजे सोमबार ११ बजे उपमहानगर घेराउ गर्ने उद्घोष गरेर पीडितहरु घर फर्केका थिए । थप अप्रिय घटना नहोस भनेर जिल्ला प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापा र इलाका प्रहरी कार्यालयबाट प्रमुख डिएसपी बुद्ध श्रेष्ठ पनि घटनास्थल पुगेका थिए ।

यस विषयमा मेयर हर्क साम्पाङले बराह सहकारीका पीडितहरुले काम गर्न नदिने गरि घेराउ गर्ने, नाराबाजी गर्ने र गालीगलौज पनि गर्न थालेपछि मैले पैसा राख्न भनेको हो रु भनेर प्रश्न गरेको प्रतिक्रिया दिएका छन् । उनले घटना लगतै फेसबुकमा विभिन्न समयमा घटनाबारे प्रतिक्रिया दिएका छन् ।

‘आफुखुशी सहकारीमा नियम विपरित पैसा राखेर नगरसरकारलाई हेप्ने, अधिकृत स्तरका कर्मचारीलाई दैनिक हप्काउदैं तोडफोड गर्नेलाई पख् ’ भनेर उनले स्टाटस लेखेका छन् ।

उनले हर्क साम्पाङ ए रिभोलुसन पेजबाट आइतबारेको घटनाको भिडियोसमेत पोष्ट गदैं पीडितको पक्षमा उभिदा, छानबिन प्रक्रिया अगाडि बढाउँदै सबै प्रक्रिया विथोल्ने र मेरो कार्यालय तोडफोड गर्नेलाई के भन्नु हुन्छ ? अव पीडितले न्याय पाउँलान त ? भनेर प्रश्न गरेका छन् ।

उनले सोमबार विहान ७ः२५ मा लाइभमा आएर पीडितहरुलाई उक्साएर नगरपालिका घेराउ गर्ने, तोडफोड गर्ने काम निन्दनीय भएको बताएका छन् । उनले उक्त घटना राजनीतिक षड्यन्त्र भएको बताएका छन् ।

उनले आन्दोलनलाई उक्साउने, तोडफोड गर्ने समुह कुनै न कुनै दलका कार्यकर्ता भएको आरोपसमेत लगाए । उनले फेसबुकमा बराह पीडितलाई उचालेर तोडपलोडको अगुवाई गर्ने संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीलाई धराने जनाताको करोडौं सलाम भनेर व्यङ्गयात्मक अभिव्यक्ति पनि दिएका छन् ।

उनले पीडितहरुलाई न्याय दिलाउनकै लागि छानबिन समिति गठन गरेर प्रदेश सहकारीबाट रजिष्ट्रारसमेत आएर आइतबार दिउँसो काम गरिरहदा घेराउ, नाराबाजी र गालीगलौज भएको बताएका छन् ।