नेपालको पहिलो दोहोरी च्याम्पियन विजेता मिना बुढाथोकी नयाँ तिज गित बजारमा

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव एक महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । यसैविच प्रत्यक्ष दोहोरी गायिका एवम् नेपालको पहिलो दोहोरी च्याम्पियन मिना बुढथोकीको नयाँ तिज कोसेली ‘माया लै लै’ डिजिटल बजारमा सार्वजनिक भएको छ ।

सुप्रसिद्ध दोहोरी गायक इश्वर सिंह र गायिका मिना बुढाथोकीले गाएको गितमा शिव हमालको उत्कृष्ट शब्द सृर्जना एवम् गायक इश्वर सिंहको लय रचना रहेको छ । गितमा यम थापा मगरको संगित संयोजन रहेको छ । निकै मौलिक शब्दहरुमा सजिएको उक्त गितमा प्रेमिकल जोडीहरुको माया प्रेमको विषयबस्तु चित्रण गरिएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

काजिश श्रेष्ठको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफीमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा लोमश शर्मा र जुना सुन्दासको अभिनय संगै डान्सिग फिचर रहेको छ । अत्न्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई अंजय रेग्मीले छांयाकन एवम् दिपक विष्टले सम्पादन गरेका छन् ।

गित Mina Budhathoki अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

यो पनिः