प्रदिप त्रिपाठी र विन्दु कार्किको आवाजमा मौलिक तिज गित ‘किन्देउ माया किन्देउ’ (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् । 

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव डेढ महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । यसैविच लोकप्रिय दोहोरी गायक प्रदिप त्रिपाठीको नयाँ तिज कोसेली ‘किन्देऊ माया किन्देऊ’ डिजिटल बजारमा सार्वजनिक भएको छ ।

सुप्रसिद्ध दोहोरी गायक प्रदिप त्रिपाठी  र गायिका विन्दु कार्कि ‘बटला’ले गाएको गितमा दोहोरी गायिका अस्मिता डल्लाकोटीको उत्कृष्ट शब्द सृर्जना एवम् गायक त्रिपाठीको लय रचना रहेको छ । गितमा पुर्ण संयोगको संगित संयोजन रहेको छ । निकै मौलिक शब्दहरुमा सजिएको उक्त गितमा प्रेमिकल जोडीहरुको माया प्रेमको विषयबस्तु चित्रण गरिएको छ ।  गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ । 

 बर्सिनी तिजको अवसर पारेर त्रिपाठीले नयाँ नयाँ कोसेली सार्वजनिक गर्ने गर्छन् । विगत लामोसमय देखी सांगितिक बजारमा रमाईरहेका त्रिपाठीका संयौ गितहरु बजारमा छन्  ।  नाच माया नाच तिजको साईतमा जन्मघर माईत बोलको तिज गित सर्वाधिक रुचाईएको थियो । उनले गाएका माया बसेसी, केपी बा को बेसार पानी, बाँचे आऊँला फर्केर,चर्को घाम, बास्ना धुपैले लगायत थुप्रै गितहरु चर्चाको शिखरमा छन् । 

करन साऊदको उत्कृष्ट कथावस्तु निर्देशन एवम् सुरेश कोलीको कोरियोग्राफीमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा मन्जिता केसी, भुवन भट्टराई, टिका जैशी र सुरेश कोलीको अभिनय संगै डान्सिग फिचर रहेको छ । लोकप्रिय कलाकार मन्जिता केसी लामोसमय पछि म्युजिक भिडियोमा देखिएकी छिन् , उनको अभिनयमा रहेको यो बर्षको पहिलो तिज गित पनि यहि रहेको छ । 

 अत्न्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई रमित बोहोराले छांयाकन एवम् विनोद बमले सम्पादन गरेका छन् । गित Pradip Tripathi अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । 

 गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

यो पनि: