विन्दा परियारको मौलिक तिज गित ‘कस्तो माया बसेछ अचम्मै’ बजारमा (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव एक महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । यसैविच लोकप्रिय दोहोरी गायिका विन्दा परियारको नयाँ तिज कोसेली ‘कस्तो माया बसेछ अचम्मै’ डिजिटल बजारमा सार्वजनिक भएको छ ।

विगत लामो समयदेखी नेपाली गित संगित, कला सँस्कृति एवम् मौलिक सृर्जनामा रमाऊदै आएकी परियार पछिल्लो समयका अत्यन्तै व्यस्त गायिकाको रुपमा स्थापित भएकी छिन् । धादिङ जिल्ला जन्मथलो भई काठमाडौं कर्मथलो वनाएकी परियारले दर्जनौं गितहरु आफ्नो सुमधुर आवाज भरिसकेकी छिन् । २०७१ सालमा ‘लाग्छ अझै संगै छ जस्तै’ लोकगितबाट अौपचारिक सांगितिक यात्रा सुरु गरेकी परियारले करिव एक दशक समय संगितयात्रामै रमाईरहेकी छिन् । उनले गाएका गितहरु सांगितिक बजारमा निकै चर्चाको शिखरमा छन् । गौरीगाँऊमा मायाको फुलवारी, ओठमा लाली भर्न पर्दैन, भन्देऊ मेरो दाई, आफै राम्रो बन, गोरखा मान्बु गाँऊ, तिम्रो घरको बाटो परेमा, जन्मभुमी लगायत गितहरु चर्चाको शिखरमा छन् । उनले राष्ट्रिय संगितकर्मी संघ अवार्डमा ‘जन्मभुमी’ गितबाट नव गायिकाको अवार्ड परियारले हात पारेकि छिन् । लाईभ दोहोरीमा पनि उतिकै मिठास दोहोरी गाऊने परियार मेलामहोत्सवमा निकै व्यस्त हुने गर्छिन । प्रकाश सपुतसंग पहिलो तिज सहकार्य भन्देऊ मेरो दाई गितको सफलतासंगै यो बर्षको हरितालिका तिजको शुभकामना अदानप्रदान गर्दै उनले नयां तिज गित ‘कस्तो माया बसेछ अचम्मै’ सार्वजनिक भएको छ ।

सुप्रसिद्ध दोहोरी गायक नन्दु परियार र गायिका विन्दा परियारले गाएको गितमा गितकार नेत्र अर्यालको उत्कृष्ट शब्द सृर्जना एवम् गायक नन्दु परियारको लय रचना रहेको छ । गितमा सुनिल परियारको संगित संयोजन रहेको छ । निकै मौलिक शब्दहरुमा सजिएको उक्त गितमा प्रेमिकल जोडीहरुको माया प्रेमको विषयबस्तु चित्रण गरिएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

विनोद भण्डारीको उत्कृष्ट निर्देशन एवम् प्रशान्त मगरको कोरियोग्राफीमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा नारायणी खत्री र गोविन्द विवसको अभिनय संगै डान्सिग फिचर रहेको छ । अत्न्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई करन चौसिरले छांयाकन एवम् मनोज कार्किले सम्पादन गरेका छन् ।

गित Binda Pariyar अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

यो पनिः