लु,टेरालाई छुटाउन अर्को लु,टपाट !

१४ साउन, काठमाडौं । चाबहिलको सरस्वती नगरमा ५४ वर्षीय महिलालाई बाँधेर लु,टपाट गरिएको घटनामा संलग्न चार जना प,क्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वर र प्रहरी वृत्त, गौशालाको संयुक्त टोलीले घटनामा संलग्न जोरपाटीका भूपाल श्रेष्ठ, सिन्धुपाल्चोकका कल्याणकुमार सुवेदी, कविर कुँवर र उत्तम तामाङलाई प,क्राउ गरेको हो ।

गौशालाका प्रहरीका डीएसपी केशव भट्टराईले उनहिरुलाई उपत्यकाका विभिन्न ठाउँबाट खोजतलास गरेर प,क्राउ गरिएको अनलाइनखबरलाई बताए । उनका अनुसार घटना गत आइतबारको हो । सुनभागा टोल नजिक बस्ने ती महिलालाई उनीहरूको समूहले कु,टपिट गरेर लगाएको सुरुवालसमेत खोलेर त्यसैले बाँधेर लु,टपाट गरेको थियो ।

उनका साथबाट कानको बाला, सुनको सिक्री, घडी, मोबाइल र नगदसमेत लु,टिएको थियो । घटनापछि उनले प्रहरी कहाँ जाहेरी दिएकी थिइन् । त्यसक्रममा चोरीको सामान खरिद गर्ने व्यक्ति पनि पक्राउ परेका छन् ।
प,क्राउ गरेपछि बयान दिँदै घटनाका मुख्य योजनाकार तामाङले आफ्नो ज्वाइँसहित तीनजनाको टोली बौद्धमा प,क्राउ परेकाले उनीहरूलाई छुटाउन लु,टपाट गरेको बयान दिएका छन् ।

अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘ज्वाइँको टोली पनि लु,टपाटमै संलग्न रहेछ, उनीहरूलाई अदालती प्रक्रिया र हिरासतमा रहँदा खानपिनका लागि पैसा जोहो गर्नुपर्ने भएकाले लुटेको बयान दिएका छन् ।’उनका ज्वाइँ र उनीहरू सबैविरूद्ध प्रहरी अहिले अभद्र व्यवहारको कसूरमा मुद्दा चलाइरहेको छ । थप अनुसन्धान भइरहेको डीएसपी भट्टराईले बताए ।