रवीन्द्र मिश्र भन्छन्- हृदयेन्द्रलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु

काठमाडौँ – विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्र शाहलाई एक दिन राजाको रुपमा देख्न चाहेको उल्लेख गरेका छन्।

शनिबार हृदयेन्द्रको २१ औँ जन्मदिनको अवसरमा शुभकामना दिँदै उनले फेसबुकमार्फत यस्तो चाहना व्यक्त गरेका हुन्।

मिश्रले लेखेका छन्,‘म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु। २१औँ जन्मदिनको शुभकामना!’

उनले आफ्नो २० वर्षको पत्रकारिता र ५ वर्षको राजनीति तथा अन्य अनुभवका आधारमा मुलुक ढिलोचाँडो नराम्रो संकटमा फस्ने र संकटको बेला मात्र सदुपयोग गर्ने गरी खोपामा भए पनि राजसंस्था राख्नुपर्ने बताए।