एसइइमा नेपाल टप गरेका सनिस भन्छन् ‘+२ सकेर अमेरिका जान्छु’

एसइइमा नेपाल टप गरेका सनिस भन्छन +२ सकेर अमेरिका जान्छु। सनिससँग लिएको अन्तर्वार्ता यसै समाचारको अन्तिममा राखिएको छ। त्यस्तै माध्यमिक शिक्षा परीक्षा (एसईई) मा लमजुङका २ विद्यार्थीले पनि ४ जीपीए ल्याएका छन् ।

बेंसीसहर नगरपालिका ७ मा रहेका युनिभर्सल एकेडेमीका मनीष थापा र मर्स्याङ्दी गाउँपालिका ३ खुदीस्थित हिमचुली आवासीय मावि खुदीका प्रमीश कतिलाले ४ जीपीए ल्याएका हुन् । राजधानी बाहिर थोरै विद्यार्थीले ४ जीपीए ल्याएकोमा लमजुङका २ जनाले ४ जीपीए ल्याउन सफल भएका हुन् ।

दुवै विद्यालय निजी हुन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार लमजुङका ३८ जना परीक्षार्थीले ३ दशमलव ६१ देखि ४ जीपीएसम्म ल्याएका छन् । १ सय ६७ जना विद्यार्थीले ३ दशमलव २१ जीपीएदेखि ३ दशमलव ६ जीपीएसम्म ल्याएका शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

यो पनि पढ्नुहोस
स्थानीय निर्वाचन परिणामले नेपालका प्रमुख दलहरुमध्ये मुख्य दुई वाम दल एमाले र माओवादीमा गम्भीर छटपटी भइरहेको छ। निर्वाचन परिणामले एमालेलाई गहिरो धक्का दिएका कारण विशादमा डुवेजस्तो प्रतित हुँदैछ।

माओवादीले गत निर्वाचनको भन्दा केही तहमा बढी जित निकाले पनि सन्निकट संघीय निर्वाचनले उसलाई चर्कै बेचैन बनाएको प्रचण्डको दौडधुपले स्पष्ट गरेको छ । स्थानीय निर्वाचनबाट पहिलो दल बनेको र आगामी संघीय निर्वाचनबाट पनि त्यही हैसियत कायम गर्ने मनसुवा पालेको कांग्रेस दुइ वाम दलका क्रियाकलापबाट अत्तालिनु अस्वभाविक होइन ।

तर पनिे नेकाको बलियो आशा के छ भने आगामी चुनाव पनि हालै सम्पन्न स्थानीय चुनावकै जस्तो निरन्तरता हुनेछ, त्यसो भएमा प्रचण्डको कुनै बेलाको चर्चित भनाई ‘ढाडमा टेकेर टाउकोमा हान्ने‘ नीति अनुसार देउवाले प्रचण्डको ढाडमा टेकेर ओलीलाई हिर्काउन सफल हुनेछन् । ओलीले पाएको चोटबाट प्रचण्डले सन्तोष लिनुपर्ने वाध्यता नेपाली अग्रगामी राजनीतिको दुःखद विडम्वना हो ।

त्यसैगरी ओलीले प्रचण्डको ‘पत्तासाफ‘मा विजयी ठान्ने जस्तो दुर्दान्त राजनीतिक जमिनले नेपालकै भूसतह अरुकसैका लागि दुरुपयोग हुने खतरा त उत्पन्न भएको छै्रन भन्नेतर्फ विभिन्न विषयका बेत्ताहरुले अध्ययन गर्न थालिसकेको हुनु पर्दछ । यो बेग्लै छलफलको विषय हो ।

स्थानीय निर्वाचनमा देखिएको विचित्र गठबन्धनको गलफत्तीले र वाम दलको विश्रृंखलताले फगत कांग्रेसलाई बलियो बनाउने एकमात्र उद्धेश्य पूरा गरेको तथ्य कुनै कोणबाट पनि खण्डन हुनसक्दैन । तलतिर कांग्रेस बलियो भइरहँदा माथितिर आगामी राजनीतिक परिदृश्य कस्तो होला भनेर आंकलन शुरु हुनु अस्वभाविक होइन ।