गगन थापालाई चुनाव हराउँन म चाहिँदैन मेरो भतिज नै काफी छ : दुर्गा प्रसाई

व्यवसायी एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केन्द्रिय सदस्य दुर्गा प्रसाईले नेपाली काग्रेसका महामन्त्री एवं प्रतिनिधीसभा सदस्य गगन थापालाई कडा जवाफ दिएका छन् ।

यो देशमा मेडिकल कलेज खोल्न नदिने गगन थापा , नारायणकाजी श्रेष्ठ , गिरिराजमणी पोखरेल र डा गोविन्द केसी भएको भन्दै प्रसाईले यिनीहरुकै कारण अबको दुई बर्ष पछि हस्पीटलहरुमा नर्स नभएर उपचार गर्न नपाउँने अवस्था आउँने बताएका छन् ।

अहिले प्रधानमन्त्री बन्छु भनेर हिँडेका काग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री त के सांसद पनि बन्न नसक्ने ठोकुवा उनले गरेका छन्। प्रधानमन्त्री बन्छु भनेर गगन थापाहरुले नचिताए पनि हुन्छ कुनै सम्भावना छैन । उनले भनेका छन् ।

के तपाई गगन थापा सँग चुनाव लड्न तयार हो ?भन्दै प्रश्नमा आफु त देउवा , प्रचण्डहरु सँग पनि चुनाव लड्न तयार भएको भन्दै गगन थापालाई चुनाव हराउँन म होइन मेरो भतिजनै काफी छ भनेका छन् । दुर्गाले भतिज भनेको गगन थापासँग चुनाव लड्न स्वतन्त्र उमेदवारी घोषणा गरेका अर्जुन प्रसाई हुन् ।

मेरो भतिज अर्जुन प्रसाईले स्वतत्र उमेदवारी दिएको छ गगन थापा विरुद्ध उसैले यो पटक गगनलाई चुनाव हराउँछ प्रसाईले भनेका छन् । मेचि नगरमा पनि मेडिकल कलेज खोल्न नदिने गगन थापा होनी यो कुरा उसलाई पनि थाहा छनी। उनले अगाडी भनेका छन् ।

एमाले नेता प्रसाईले गगन थापाहरुले यो देशका विरुद्ध धेरै ठूलो गद्दारी गरेको दाबी गरेका छन् । यहाँ मेडिकल कलेज खोल्न नदिएर अहिले हाम्रा चेलीहरु विदेशमा गएर पढ्न बाध्य भएको भन्दै उनले केहि समय पछिनै नर्स नभएर हस्पीटलहरु ताला लाग्ने अवस्था आउँने बताए ।

एमाले नेता प्रसाईले झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधीसभाको निर्वाचन लड्ने तयारी गरेका छन् । उनले आफु देउवा , प्रचण्ड या माधव नेपाल जसको क्षेत्रबाट भए पनि चुनाव लड्न तयार रहेको बताएका छन् । चुनाव लड्ने मात्रै होइन उनीहरुलाई हराएर देखाउँने तागत पनि आफुसँग रहेको प्रसाईले भनेका छन् ।

केहि समय अघि ओटिभी नेपाल सँगको कुराकानीमा प्रसाईले देउवा प्रचण्ड या माधव नेपाललाई चुनाव हराउँन नसके आजीवन उनीहरुको ड्राइभर बन्ने घोषणा गरेका थिए । सिंगल ,सिंगल प्रतिष्पर्धाका लागी प्रसाईले चुनौती दिएका थिए ।

एमाले अध्यक्ष केपी ओलीलाई नाताले हजुरबुवा भन्ने प्रसाईले निर्वाचन पछि आफ्नो हजुरबुवा केपी ओली आरामले बहुमतको सरकारको नेतृत्व गरेर फेरी प्रधानमन्त्री बनेर सिंहदरबार छिर्ने बताए । झ्यालबाट होइन सिंहदरबारको मुल ढोकाबाट बाजा बजाएर ओली प्रधानमन्त्री भएर आउँने दाबी उनले गरेका छन् ।