स्वतन्त्र पार्टीबाट विजय, राजेश हमाल र धुर्मुसले चुनावमा लड्ने घोषणाले देशभर छायो खुशियाली

स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारहरुले कमाल गरे पछि त्यसको साइड इफेक्ट संघिय निर्वाचनमा पनि पर्ने देखिएको छ । प्रतिनिधीसभाको निर्वाचनका लागी अहिलेनै स्वतन्त्र उमेदवारी दिने होडबाजी चलेको छ।

स्वतन्त्रकोहरुको संजालनै बनाएर निर्वाचनमा होमिने तयारी एउटा टिमले गरेको छ जसमा आफ्नै पार्टी खोलेर राजनितीमा आएका रवि लामिछाने देखी रञ्जु दर्शना सम्म रहेका छन् । यता आफ्नै पार्टी खोलेर राजनिती गरिरहेका रमेश खरेलले पनि काठमाडाँ क्षेत्र नम्बर १ बाट चुनावी प्रतिष्पर्धा गर्ने घोषणा गरेका छन् ।

काठमाडौंमा स्वतन्त्रबाट उम्मेदवारी घोषणा गर्नेमा चर्चित सेलिब्रेटीहरूको एकपछि अर्को गरी उम्मेदवारी घोषणाको तयारी गरेका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिने तयारीमा योपटक पूर्वप्रशासक, सामाजिक अभियान्तादेखि चर्चित सञ्चारकर्मीसम्म रहेका छन् ।

चर्चित संचारकर्मी रबि लामिछानेले काठमाडौंकै कुने एक निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने तयारीसहित ग्यालेक्सी टेलिभिजन छाडेका छन् । उनले ७ गते विशेष कार्यक्रमको आयोजनासमेत गरेका छन् । जसपा संघीय परिषद्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमीले पनि काठमाडौं क्षेत्र नंम्बर ५ बाट संघीय सांसदमा उम्मेदवारी दिने भएकी छिन् ।

त्यस्तै विवेकशील नेपालीकी पूर्वनेता रञ्जु दर्शनाले पनि क्षेत्र नम्बर ५ बाट आगामी संघीय निर्वाचनमा भाग लिने तयारी गरेकी छिन् । २०७४ को स्थानीय तहको निर्वाचनमा दर्शनाले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी थिइन् । उनले २३ हजार ४३९ मत पाएकी थिइन् ।

यसैगरी नेपाल प्रहरीका पूर्वडिआइजी तथा नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले क्षेत्र नम्बर १ वा ५ बाट निर्वाचन लड्ने तयारी गरेका छन् । अवकासपछि लामो समय भ्रष्टाचारविरूद्ध अभियान चलाइरहेका खरेलले संघीय सांसदका लागि उम्मेदवारी दिने तयारी गरेका हुन् ।

‘इनफ इज इनफ’का अभियान्ता पुकार बमले यसअघि नै कांग्रेसका नेता प्रकाशमान सिंहको क्षेत्र नम्बर १ बाट संघीय सांसदका लागि आफ्नो उम्मेदवारी दिइसकेका छन् । स्थानीय चुनावमा मेयरमा उठ्ने तयारी गरेका उनले अन्त्यमा शाहलाई छोडेको दाबी गरेका छन् ।

त्यस्तै कांग्रेसका युवा नेता नैनसिंह महरले संघीय सांसदका लागि उम्मेदवारी दिने तयारी गरेका छन् । नेविसंघका पूर्वअध्यक्षसमेत रहेका महर काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचनमा भाग लिने तयारी गरिरहेको उनी निकटले बताएका छन् । उनी कांग्रेस केन्द्रीय समेत हुन् ।

यसैगरी स्थानीय तह निर्वाचनमा काठमाडौं महागरपालिकामा मेयरमा पराजित भएका सामाजिक अभियान्ता सुमन सायमीले संघीय सांसदमा उम्मेदवारी दिने तयारी गरेका छन् । काठमाडौं महागनरपालिकामा सायमीले १३ हजार ७७० मत प्राप्त गरेका थिए ।

आगामी निर्वाचनमा कांग्रेस महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र ४ बाट चुनाव लड्ने तयारी गरेको उनी निकट नेताको दाबी छ । मेयरमा पराजित भएपछि मेयर शाहलाई बधाई तथा शुभकामना दिँदै शाहसँगै विजयी सभामा हिँडेका थिए । त्यस्तै काठमाडौंको रत्नपार्कका लामो समय नेताहरू विरूद्ध अभियान चलाउँदै आएका चर्चित मुकुन्द घिमिरे पनि निर्वाचनमा भाग लिने बताएका छन् ।