सारिका केसी र शिशिर पौडेलको अभिनयमा अनिश दवाडीको तिज कोसेली बजारमा

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव डेढ महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । यसैविच लोकप्रिय दोहोरी सर्जक अनिश दवाडीको नयाँ तिज कोसेली ‘के रमाईलो छ र खै’ डिजिटल बजारमा सार्वजनिक भएको छ ।

सुप्रसिद्ध दोहोरी गायिका सुनिता बुढा क्षेत्री, सन्जु न्यौपाने र गायक आर.सि सापकोटाले गाएको गितमा गितकार नेत्र अर्यालको उत्कृष्ट शब्द सृर्जना एवम् सर्जक अनिश दवाडीको लय रचना रहेको छ । गितमा विनोद बाजुरालीको संगित संयोजन रहेको छ । निकै मौलिक शब्दहरुमा सजिएको उक्त गितमा प्रेमिकल जोडीहरुको माया प्रेमको विषयबस्तु चित्रण गरिएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

बर्सिनी तिजको अवसर पारेर दवाडीले नयाँ नयाँ कोसेली सार्वजनिक गर्ने गर्छन् । विगत लामोसमय देखी सांगितिक बजारमा रमाईरहेका दवाडीका सृर्जनामा रहेका दर्जनौ गितहरु बजारमा छन् । कामी दाईको छोरो, प्रदेशी, लै माया लै, सानी मायालु, सम्झी कति रुनी हजुर लगायत थुप्रै गितहरु सर्वाधिक रुचाईएका छन् ।

प्रकाश भट्टको उत्कृष्ट कथावस्तु र निर्देशनमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा सारिका केसी र शिशिर पौडेलक अभिनय रहेको छ । अत्न्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई अजय रेग्मीले छांयाकन एवम् विकास ज्ञवालीले सम्पादन गरेका छन् ।

गित Anish Dawadi अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

यो पनिः