देविकालाई जाति बिधी मन पर्नी मान्छे को ?

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव डेढ महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । यसैविच लोकगित सँगितको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल तथा हाल क्यानडा बस्दै आएकी गायिका देबिका केसीले नयाँ तिजगित ‘नाइ बाबा नाई’ सँगित बजारमा ल्याएकी छिन । नेपाल तथा क्यानडामा समेत छायाङ्कन गरिएको तिज गितमा गायिका तथा मोडल प्रिती आलेको जोडदार अभिनय रहेको छ । आलेलाई राजकुमार अधिकारीले साथ दिएका छन ।

शिब हमालको शब्द सँगित रहेको ‘नाइ बाबा नाई’ बोलको तिजगितमा स्वर गायिका केसीकै रहेको छ भने सम्पादन प्रकाश धमलाले गरेका छन । स्मृती तिमल्सिनाको कोरियोग्राफी तथा निर्देशनमा बनेको म्यूजिक भिडियो राजेश घिमिरे र इश्वर थापाले खिचेका हुन भने भिडियो देबिका केसी युटूयूब च्यानलबाट हिजो साँझ सार्बजनिक भएको हो ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

यो पनिः