यस्ता मुर्तिहरुलाई घरमा भुलेर पनि नराख्नुहोस्

प्रत्येक धर्मअनुरागी सनातन धर्मालम्बीहरुको घरमा पुजा पाठ हुनुका साथै पुजा गर्नका लागि एक मन्दिर स्थापना गर्नु सामान्य कुरा हो । आ आफ्नै धार्मिक आस्था झल्कने गरि घरको पुजा गर्ने सानो मन्दिरमा हामी बिभिन्न देवताको मुर्तिहरु देख्न सक्छौ । कुरा सामान्य जस्तो लागे पनि घरमा मुर्ति स्थापना गर्ने बिषयमा धेरैलाई जानकारी नहुन पनि सक्छ । आज हामी घरमा कस्तो मुर्ति राख्ने भन्ने बिषयमा जानकारी दिदैछौ ।

वास्तु शास्त्र अनुसार घरको मन्दिरमा मूर्तिका संख्यामा कुनै रोक छैन । तर कुनै पनि देवताको एउटा भन्दा बढी मूर्ति राख्न नहुने धार्मिक मान्यता तथा बिश्वास रहि आएको छ । उसो भए एउटै भगवानको धेरै मुर्ति भए के गर्ने भन्ने मनमा जिज्ञासा आउन सक्ला । त्यसका लागि तपाईले एक भन्दा बढी मूर्ति वा तस्बिर भए त्यसलाई घरकै अर्को भागमा सम्मानका साथ राख्नु पर्दछ । यस्तै मन्दिरमा भएका मूर्ति राखी शान्त स्वभाव र आशीर्वाद दिएको मुद्राको हुनु पर्ने मान्यता छ । रौद्र रूपधारी मूर्ति घरमा राख्नु हुँदैन ।

त्यस्तै घरमा भएका कुनै भगवानको मुर्ति टुटे फुटेको भएमा त्यसलाई जथाभावी नफालिकन नदी अर्थात तलाउनमा बिसर्जन गर्नुपर्ने शास्त्रीय मान्यता रहदै आएको छ । वास्तु अनुसार घरको मन्दिरमा राखेको कुनै पनि मूर्ति ढाड फर्किएको मुद्राको हुनु हुँदैन । यस्तो मूर्ति राख्नु अशुभ मानिन्छ । त्यस्तै मन्दिरमा असमान आकारका मूर्ति राख्नु अशुभ मानिन्छ । त्यसैले आजै देखी सिधा प्रष्ट देखिने खालका मुर्तिहरु राखेर पुजा आरधना गर्नाले शुभफाब्य हुने धर्मशास्त्रमा उल्लेख गरिएको छ ।