दीपक दीपा टिमबाट आउट भएका जितु नेपाल किन पुगेका थिए छक्का पञ्जा ४ को शुभमुर्हुतमा ? माग्ने अट्दा किन अटेनन् जितु ?

काठमाडौं :

हास्य कलाकार जितु नेपाल ‘छक्का पञ्जा ४’ मा नदेखिने भएका छन् । दीपाश्री निरौला र जितु नेपालबिच भएको आपसी मनमुटाबका कारण सायद जितु यो भागमा नभएको हुनसक्ने धेरैको अनुमान छ । यहि बच आज गरिएको फिल्मको शुभमुर्हूतमा पुगेर जितुले शुभकामना दिएका छन् ।

उनले फूल लिएर भक्तपुर पुगेका थिए । यहि बिच कलाकार दिपकराज गिरीले आपसी दुस्मनी वा मनमुटाब भएर जितु यो भागमा नभएको होइन भन्दै उनले कथाले कुन पात्र माग्छ कुन माग्दैन भन्ने रहेको र सबै भागमा एउटै कलाकार नदोहोराएको उनले बताएका छन् । मुख्य कुरा त हामी सेटमा भेटिँदा वा चलचित्र गर्दा मात्र ओहो भन्ने मित्र होइनौँ ।

’मनमुटाब भएको भए उहाँ यहाँसम्म शुभकामना दिन पनि आउनु हुन्न थियो होला नि भनेर दिपकले प्रश्न गरेका छन् । यो चौथो संस्करणलाई भने निर्देशक हेमराज बिसीले निर्देशन गर्ने भएका छन् । चलचित्रमा कलाकारहरू दीपकराज गिरी, दीपाश्री निरौला, राज आचार्य, बेनिशा हमाल, मलिना जोशी र केदार घिमिरे ९माग्ने बूढा० अनुबन्धित भइसकेका छन् । चलचित्र यसै असोज महिनामा रिलिज हुने निर्माण टिमको भनाई छ ।