घण्टौँ लगाएर अज्ञात रहेको सीमा स्तम्भ दुई युवाले पत्ता लगाएपछि

मुस्ताङ :

जोडिएको मुस्ताङको उत्तरी कोरला नाका स्थित अज्ञात रहेको ३३ नम्बर सीमा स्तम्भ हालै पत्ता लागेको छ। स्तम्भ नेपाली सेनाको पहलमा स्थानीय दुई युवाहरूले पत्ता लगाएका हुन् ।

लोघेकर दामोदरकुण्ड(४ घाराका दुई युवा छिदेधार्जे गुरुङ र पासाङ गुरुङले पत्ता लगाएका हुन्। तर हालसम्म भेटिन नसकेको उत्तरी कोरला क्षेत्रको ३३ नम्बर सीमा स्तम्भ भने हालै भेटिएको हो।

आइतबार बिहानै ३ बजेतिर दुई वटा घोडा चढेर हालसम्म भेटिन नसकेको सीमा स्तम्भ खोज्न हिँडेका उनीहरूले १२ घण्टाको कठिन यात्रा तय गर्दै ३३ नम्बर सीमा स्तम्भमा पुगेका थिए ।

उक्त सीमा स्तम्भ नेपाली र चिनियाँ भाषामा लेखिएको छ। जुन स्थान भौगोलिक रुपले अत्यन्तै विकट छ। त्यहाँ पुग्दा गौरबको महशुस भयोु, छिदेधार्जेले भने। हराएको ३३ नम्बर सीमा स्तम्भ २०४५ सालमा बनाइएको थियो ।

जोमसोम स्थित नारायण दल गणका गणपती प्रमुख सेनानी ईन्द्रबहादुर गुरुङले मुस्ताङको उत्तरी क्षेत्रमा पर्ने ३३ नम्बर सीमा स्तम्भ भेटिएको पुष्टि गरेका हुन् ।