रन्जित परियारको तिज कोसेली ‘‌‍औधी राम्रो छौ’ सार्वजनिक (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । यसैविच लोक दोहोरी गायिका विमता घर्ति मगरको नयाँ तिज कोसेली ‘अौधी राम्रो छौ’ भखर्रै सार्वजनिक भएको छ ।

सुप्रसिद्ध दोहोरी गायक रन्जित परियार र गायिका विमता घर्तिले गाएको गितमा गायक परियारकै उत्कृष्ट लय शब्द सृर्जना रहेको छ । गितमा विश्वास नेपालको संगित संयोजन रहेको छ । निकै मौलिक शब्दहरुमा सजिएको उक्त गितमा प्रेमिकल जोडीको मायाप्रेमको विषयबस्तु चित्रण गरिएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

विनोद भण्डारीको उत्कृष्ट निर्देशन एवम् प्रशान्त मगरको कोरियोग्राफीमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा रन्जित र विमताकै फिचरिंग रहेको छ । अत्न्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई नवराज उप्रेतिले छांयाकन एवम् मनोज कार्किले सम्पादन गरेका छन् ।

गित Bimata Gharti Magar अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

यो पनिः