प्रेमीको नावालिक छोरी लिएर प्रेमिका फरार भएपछि……

पाेखरा: विवाहित प्रेमीको नावालिक छोरीलाई लिएर प्रेमिका फरार भएकी छिन्। मोरङको बुढीगंगा-१ का दिपेन्द्र यादवको १ वर्ष ३ दिनकी छोरी निकिसालाई प्रेमिकाले लिएर दुई दिनदेखि फरार भएकी हुन्।

यादवको पछिल्लो समय अञ्जली साहसँग गहिरो प्रेम सम्बन्ध रहेको थियो। सामाजिक सञ्जालबाट केही महिनाअघि मात्र यादवको अञ्जली साहसँग सम्पर्क भएको थियो। निरन्तर सम्वाद हुन थालेपछि यादव र साहबीच प्रेम सम्बन्ध गासिएको थियो।

प्रेम सम्बन्धमा गाँसिएका उनीहरू सोमबार विराटनगरको रोड शेषमा भेट्न आएको बेला यादवका नावालिक छोरी निकिसालाई प्रेमिका अञ्जलीले लिएर फरार भएकी हुन्। पेशाले मेकानिकल इन्जिनियर यादवको विवाह सप्तरी राजविराजकी ममता यादवसँग भएको हो। विवाह भएको केही समयपछि ममता बिबिए पढ्न काठमाडौं गइन्।

छोरीलाई हजुरबुबासँगै छोडेर श्रीमती काठमाडौं गएपछि यादव र अञ्जलीबीच प्रेम सम्बन्ध जुटेको थियो। अञ्जलीसँगको प्रेम सम्बन्धमा बाधिएका यादवको निरन्तर भेटघाट हुने गरेको थियो।

प्रेममा गासिएपछि उनीहरूबीच भेटघाट पनि बाक्लै हुँदै गएको थियो। छोटो समयमा नै नजिकिएका उनीहरूले एक अर्कोको कुरा नकाट्ने जस्तो बनेको थियो।

अञ्जलीले प्रेमी दिपेन्द्रलाई छोरीलाई लुगा किनदिने भन्दै लिएर आउन आग्रह गरेकी थिइन्। बच्चाको लागि लुगा किनेर ल्याएर रोडशेष र बसपार्कको बीचमा नै यादवको कारमा चढ्न लगाएकी थिइन्।

प्रहरी स्रोतका अनुसार बच्चाको लुगा फेरिएपछि चिया र खाजा खान अञ्जलीले प्रेमी यादवलाई आग्रह गरिन्। प्रेमिकाले आग्रह गरेपछि दुवै जना सहमतिमा नै रोडशेषस्थित एक खाजा पसलमा पुगे।

अञ्जलीले नै दुई कप चियाको अडर गरिन्। तर चिया भने नखाई औषधी किन्ने बाहानामा बच्चालाई लिएर बाहिर गइन्। माक्स लगाएकी अञ्जली माक्स नखोली बच्चालाई लिएर बाहिरिन्। यादवले चिया र चुरौट खाना लाग्दा अञ्जलीले यादवको एउटा मोबाइलसमेत लिएर गईन्।

साथीहरूलाई फोन गर्नुपर्ने भन्दै मोबाइल लिएर गएको यादवले प्रहरी जानकारी दिएका छन्। चिया खाएर निस्कन लाग्दा प्रेमिकाले नै बच्चा लिएर फरार भएको थाहा पाएर यादव प्रहरी कहाँ पुगेका थिए।

बिहान ९ बजेदेखि बच्चा हराएपछि साढे ९ बजेतिर उनले आफन्तलाई जानकारी दिएका थिए। बच्चाकी हजुरबुबा दिपक यादवले छोराको केही महिनादेखि अञ्जलीसँग प्रेम रहेको बताए।

उनले आफूलाई म्यासेज गरेर धम्कीसमेत दिने गरेको सुनाए। अञ्जलीले ‘बच्चा मसँग रहेको र चिन्ता नगुर्न छोरी सुरक्षित छ र भोलि कल आउँछ’ भन्दै म्यासेज पठाएकी छिन्।

भोलि कल आउँछ भन्दै पठाएको म्यासेजको जवाफमा हजुरबुबाले दिपकले सबै माग पूरा गर्ने र बसेर समस्याको समाधान म्यासेज पठाए।

फेसबुकको सबै म्यासेज हटाउन उनले दोस्रो म्यासेज गरिन्। अञ्जलीले भने अनुसार सबे फोटो हटाएपछि कुनै सम्पर्क हुन नसकेको उनले बताए। बेपता पारिएकी बच्चाको बुबालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। अञ्जलीको ठेगाना अहिलेसम्म खुलेको छैन।

मोरङका प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले बालिकाको खोजीकार्य जारी रहेको बताए। किन र केको लागि नाबालिका लिएर फरार भएको बारे अनुसन्धान भइरहेको उनको भनाइ छ।