कांग्रेसलाई ओलीको आग्रह : खोटाङको एम अधिकारीबारे धेरै खोजी नगरौं

काठमाडौं ६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङको एम
अधिकारीबारे धेरै खोजी नगर्न आग्रह गरेका छन् ।

पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानको कार्यक्रममा सहभागी भएका उनले एमालेले आफ्नो अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भन्ने व्यक्ति गभर्नर महाप्रसाद अधिकारी होइन भन्दा पनि नेपाली कांग्रेसले खोजीएको भन्दै नखोज्न भनेका हुन् ।

‘राज्यका अरु निकायमा पनि कांग्रेस कार्यकर्ता रहेको भन्दै ओलीले कार्यक्रममा भने , खोटाङको एम अधिकारी कि के जाति खोज्या खोज्यै छ कांग्रेस, सबैतिर कांग्रेस छन् नि, न्यायालयमा कांग्रेस छन् । केन्द्रीय विभागका प्रमुख श्रीमान न्यायाधीश छन् कि छैनन् ? राजीनामा दिएको छ कहिले पनि सुनिएन नि त ?’

रिटायर्ड भएका मान्छेलाई फकाई फाईका ल्याएर विभिन्न ठाउँमा, भइरहेका मान्छेलाई अनावश्यक रुपमा हटाएको ओलीले बताए ।